काँग्रेसका सांसद यादव आफ्नै कार्यकर्ताबाट कुटिए

भदौ २१, सिरहा । नेपाली काँग्रेसका सांसद रामचन्द्र यादव स्थानीय चुनावको टिकट वितरणलाई लिएर आफ्नै कार्यकर्ताबाट कुटिएका छन् । काँग्रेसमा डा. सुभाषचन्द्र यादव र उपेन्द्र यादव समूहबीच सिरहा नगरपालिकाको टिकटका विषयमा विवाद भएको थियो । दुवैले मेयरको टिकट दाबी गरेका थिए, जसका कारण अन्य स्थानीय तहको उम्मेदवार तय भए पनि सिरहा नगरको हुन सकेन ।

बुधवार बिहान भएको छलफलमा डा. सुभाषचन्द्रलाई मेयर र उपेन्द्र यादव समूहबाट उपमेयरको उम्मेदवार तय भएको थियो । तर, डा. सुभाषचन्द्रका समर्थक टिकट वितरणमा ढिला गरेको र सबै टिकट आफ्नो पक्षले पाउनु पर्ने भन्दै सभासदमाथि जाइलागेका थिए । सिरहाका चार सांसदले मङ्गलवार दिनभर प्रयास गरे पनि सहमति जुट्न सकेको थिएन ।

‘सहमति भइसकेको थियो । तर, सुभाषचन्द्रको समूह कोठाभित्रै आएर मलाई एक्कासि कुटपिट गरे’ सभासद् यादवले भने । लगतै सुभाषचन्द्र र उपेन्द्रको समूहबीच झडप भएको थियो । त्यसक्रममा रडका साथै खुकुरी हानाहान भएको थियो । झडपका क्रममा क्षेत्रीय सभापतिसहित १० जना घाइते भएका थिए । झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरी खटिनु परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eleven =