एटिपी फाइनल्स टेनिसको उपाधि बुल्गेरियाका दिमित्रोवले जिते

एजेन्सी । एटिपी फाइनल्स टेनिसको उपाधि बुल्गेरियाका ग्रिगोर दिमित्रोवले जितेका छन् । बेल्जियमका डेविड गोफिनलाई हराउँदै दिमित्रोवले उपाधि उचालेका हुन् ।

पछिल्लो १९ वर्षमा एटिपीको इतिहासमा पहिलो सहभागितामै उपाधि जित्ने दिमित्रोव नै पहिलो खेलाडी हुन् । उनले गोफिनलाई ७–५, ४–६ र ६–३ को सेटमा हराउँदै उपाधि उचालेका हुन् । दिमित्रोव प्रतियोगिताका सबै पाँच खेलमा विजयी भए ।

उनले समूह चरण, सेमिफाइनल तथा फाइनलमा जित निकालेकाले पुरस्कार स्वरुप १९ लाख पाउण्ड पाएका छन् । उनी विश्व बरियतामा पनि तेस्रो स्थानमा उक्लिने पक्का भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 6 =