निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जाने एमाले अध्यक्ष ओलीको भनाइ
२०७४ जेठ १५ गते

झापा, कात्तिक १७ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जाने र जनचाहनाअनुसारको शासनसत्ता सञ्चालन हुने बताउनुभएको छ । झापाको दमकमा आज आयोजित पत्रकार सम्मेलनमा अबको एकमात्र राजनीतिक उदेश्य समृद्धि रहेको भन्दै उहाँलेवाम गठबन्धन यही स्वार्थ पूर्तिका लागि मात्र भएको बताउनुभयो ।
मुलुकमा रहेको बेरोजगारीे अन्त्य र गरिब, विपन्न एंव उत्पीडितको हकअधिकारको संरक्षण गर्ने गरी वाम गठबन्धनले आगामी सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिनुभयो । उहाँले नेपाली काँग्रेसलगायतका दललाई चुनावमा स्वच्छ प्रतिस्पर्धा गर्न, गलत लाञ्छना लगाउने काम नगर्न र सत्ताको दुरुपयोग गरी निर्वाचन आचारसंहिताको उल्लङ्घन नगर्नसमेत आग्रह गर्नुभयो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








