ओखलढुंगाका महिलाले हलो जोते

ओखलढुंगा, साउन १७ । ओखलढुंगामा पानी नपरेपछि रोपाइँ गर्न समस्या भएको भन्दै त्यहाँका महिलाहरुले हलो जोतेका छन् । महिलाहरुले हलो जोतेमा पानी पर्ने परम्परागत मान्यताका कारण आफूहरुले जोतेको स्थानीय महिलाहरुले बताएका छन् ।

साउनको तेस्रो हप्ता बितिसक्न लाग्दा समेत ओखलढुंगाको पश्चिमी भूभागमा अझै रोपाइँ हुन सकेको छैन । मनसुनी वर्षा नभएकै कारण साउनको पहिलो हप्तासम्म रोपाइँ नभएको हो । जिल्लाको लिखु गाउँपालिका वडा नं. ३, ६, ७, ८ र ९ तथा साविकको नर्मदेश्वर, गाम्नाङ्गटार, टारकेराबारी, पोकली लगायतका स्थानहरुमा अझै रोपाइँ हुन सकेको छैन ।

मनसुन सुरु भएको हप्तौं बितिसक्दा पनि यहाँ पानी नपरेका कारण किसानहरु चिन्तित भएका छन् । यसक्षेत्रकको खोला खोल्सा तथा खहरेहरुमा अझैसम्म पानीको मूल पलाएको छैन । एक दशक नबित्दै फेरि यसरी खडेरी परेको लिखु गाउँपालिका ६ का कृष्ण भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + fifteen =