प्रधानमन्त्री देउवाले बाह्र राशी दर्शन मकर मेलाको उद्घाटन गर्ने

काठमाडौं, पुस ३० । प्रदेश नम्बर ७ मा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले आज कैलालीको गोदावरीमा आयोजित ‘बाह्रराशि दर्शन मकरमेला’को उद्घाटन गर्दै हुनुहुन्छ ।
कैलालीको प्रसिद्ध धार्मिकस्थल गोदावरी धाममा भोलिदेखि सुरु हुने ‘बाह्रराशि दर्शन मकरमेला’को प्रधानमन्त्री देउवाले आज बिहान उद्घाटन गर्नु लाग्नुभएको हो । मकरमेला’को उद्घाटनपछि प्रधानम्नत्री देउवा आजै राजधानी फर्कनु हुनेछ ।
सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागि हुन शुक्रबार प्रदेश नम्बर ७ तर्फ जानुभएका देउवा आज मेलाको उद्घाटनपछि राजधानी फर्कने उहाँको सचिवालयले जनाएको छ ।
प्रदेश प्रमुख नियुक्त, अस्थायी राजधानी तोक्नेलगायतको विषय अन्योलमै रहेका बेला राजधानी बाहिर जानुभएका प्रधानमन्त्री देउवाले आजैदेखि यी विषयको छलफललाई तीव्रता दिनुहुनेछ ।
राजनीतिक सहमतिबाटै प्रदेश प्रमुख नियुक्तीको कसरतमा रहनुभएका देउवाले सहमतिको प्रयासलाई जारी राख्दा प्रमुख नियुक्तीमा भने ढिलाई भइरहेको छ ।








