जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं, जेठ ३० ।

ललितपुर : जवरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका–९ बालकुमारी मेगासिटी डेरा गरी बस्ने धादिङ घर भएका १७ वर्षीय राजु चेपाङलाई प्रहरीले पक्राउ गरेको छ । चेपाङले विगत २/३ दिन अगाडी देखि उनकै कोठामा बस्दै आएकी धादिङ घर भएकी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको बताइएको छ ।

महोत्तरी : औरही–२ फुलबरीया टिम पोखरी बस्ने १९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने २२ वर्षीय सुनिल साहलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 13 =