राष्ट्रपतिको जिम्मेवारी लिन तयार !

काठमाडौं, माघ २३ । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिमा एकै ब्यक्तिलाई दोहोर्याउन नहुने बताएका छन् । उनले पार्टीले जिम्मेवारी दिए आफू राष्ट्रपति बन्न तयार रहेको समेत बताए ।

इरानमा आयोजित आइक्यापको २९ औं बैठकमा भाग लिएर मंगलबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै आफू पदको लागि मरिहत्ते गर्ने पक्षमा भने नरहेको पनि स्पष्ट पारे । वरिष्ठ नेता खनालले पार्टीले मूल्यांकन गरेर दिएको जुनसुकै जिम्मेवारी पूरा गर्न आफू प्रतिवद्ध रहेको पनि दोहो‍र्याए ।

राष्ट्रपति विद्या भण्डारीलाई नै दोहोर्‍याउने चर्चा भइरहँदा खनाल त्यसको विपक्षमा उभिएका हुन् ।

नेता खनालले भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणलाई स्वभाविकै रुपमा लिनुपर्ने धारणा पनि राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − one =