गठबन्धन जस्काे सुकै बनाेस तर उद्देश्य चाही पवित्र हुनुपर्छ : हेमकर्ण

मंसिर ११, सुनसरी । वि सं २०३५ साल साउन ५ गते झापा कोरोबारीमा जन्मेका हेमकर्ण पौडेल सुनसरी र सरोफेरोको भूगोलमा चर्चित नाम हो । २०४६ सालको जनआन्दोलनका बेला ११ वर्षे पौडेल पञ्चायत विरुद्ध सडकमा उर्लिएको जनसागरको एउटा अङ्गका रूपमा देखा परेका थिए । किशोर उमेरमै उनले गर्ने भाषण कलाको खुब चर्चा हुने गर्थ्याे । विशेष गरी जुझारु र जनपक्षीय नेतृत्वको छवि बनाएका पौडेल आसन्न प्रदेशसभा निर्वाचनमा नेपाली काङ्ग्रेसका तर्फबाट सुनसरी क्षेत्र नम्बर २ ‘क’मा उम्मेदवार बनेका छन् । यिनै नेता पौडेलसँग अर्जुन सुबेदीले गरेको कुराकानी :

चुनावी प्रचारप्रसार कसरी गर्दै हुनुहुन्छ ?
चुनावी प्रचारप्रसार अहिले हामी इटहरीमा घरदैलो कार्यक्रम अभियान गरिरहेका छौ । जनताको माँझ जाने घरदैलो गर्ने मत माग्ने काम गर्दै छौ । पार्टीको घोषणापत्र पनि जारी गरिसकेका छौ । त्यसकै आधारमा जनतामाँझ मत मागिरहेका छौ ।

यो चुनावमा टिकट पाउन कतिकाे गार्हाे पर्‍यो ?
प्रतिष्पर्धात्मक शासन व्यवस्था हो बहुदलिय प्रजातन्त्र भनेको । धेरै होनाहार साथीहरू छन् तथा धेरै काम गरेका मान्छेहरू पार्टी भित्र छन् । उहाँहरू पनि प्रतिस्पर्धामा हुनुहुन्थ्यो । टिकट पाउने कुरामा केही कठिनाइहरु अवश्य थियो । तर पनि हामी योग्य उमेद्धवारहरु बिच एक किसिमको पूर्व सहमति नै थियो जसले टिकट पाएपनि काँधमा काँध, हातमा हात मिलाएर सहयोग गर्ने र त्यसै अनुरूप पार्टीले सहज व्यवस्थापन पनि गर्‍यो । अहिले मेरा अग्रज नेताहरू, साथीभाइहरु एक जुट भएर अघि बढिरहेका छौ ।

टिकट त पाउनुभयो तर चुनाव जित्नेमा कत्तिको ढुक्क हुनुहुन्छ ?
चुनाव जित्न सबै भन्दा जटिल कुरा हो । चुनाव सजिलै जित्ने कुरा होइन । चुनाव जित्नु भनेको जनतामाँझ राजनीतिक दलमात्र होइन उम्मेद्धवार पनि भिज्नुपर्छ । जनताको मन जित्नु पर्छ । माया पाउनु पर्छ । जनतामा एउटा विश्वासको वातावरण बनाउनुपर्छ । मत भनेको जनताको अत्यन्तै पवित्र चिज हो । त्यसैले जनताले यो पल्ट मत हाल्दा निकै बिवेकपूर्वक मत हाल्नुहुन्छ जस्तो मलाइ लागेको छ । त्यस कारण जनताको माया पाएर, मन जितेर चुनाव जित्ने कुरा अत्यन्त्यै गार्हाे कुरा हो । त्यसपछि सबै भन्दा ठुलो कुरा चुनाव जितिसकेपछी आफ्ना प्रतिबद्धता पूरा गर्नु, जनताका चाहना आशाहरु पुरा गर्न अत्यन्तै कठिनाइको कुरा हो ।

यहाको राजनीतिक पृष्ठभूमि बताइदिनुस न हेमकर्ण पौडेल को हो ?
हेमकर्ण पौडेल प्रजातन्त्रमा आस्था राख्ने एउटा सामान्य आम नागरिक हो । संसारका ९० प्रतिशत मानिसहरू प्रजातन्त्रमा आस्था राख्छन । प्रजातन्त्रमा हरेक प्रकारका बिचारलार्इ समानपूर्वक फल्न फुल्न पाउनुपर्छ भन्ने बिचार राख्ने एउटा कर्मी मौरी हो जसले निरन्तर समाजको निर्माण कसरी गर्न सकिन्छ, दिन दुखीको मुहारमा कसरी खुसी छर्न सकिन्छ र यो सँगसँगै जोडिएको समाज सेवा गरेर कसरी आत्म सन्तुष्टी गर्न सकिन्छ भन्ने चिन्तनशील मानिस हो । कमी कमजोरी बिहिन मानिस पनि होइन । कतिपय कमी कमजोरी पनि होलान् तर मेरो प्रतिबद्धता के रहन्छ भने मैले गरेको कुराले सिङ्गो समाज कसरी लाभान्वित हुन्छ भन्ने कुरामा प्रमुख ध्यान दिन्छु । मानिसहरूमा हुने साना कुरा, कुनै टिका टिप्पणी, आलोचनाका कुरामा म त्यति लागेर हिन्दिन । मूल उदेश्व प्राप्त गर्नको निम्ति निरन्तर लागिरहने एउटा कर्मी मौरी हो हेमकर्ण पौडेल जसले मह जम्मा गर्छ महको रस स्वाद ग्रहण गराउँछ त्यस्तै मान्छे हो हेमकर्ण पौडेल ।

विगत देखी नै तपार्इ राजनीतिक तथा सामाजिक कार्यमा लोकप्रिय हुनुहुन्छ के कस्तो संलग्नता छ ?
म नेपाल विद्यार्थी सङ्घ सुनसरी सदस्य २०५५ सालमा भएको थिए । यस्तै तरुण दल सुनसरीको सचिव, नेपाली काङ्ग्रेस सुनसरी २ नम्बर क्षेत्रीय सभापति, नेपाली काङ्ग्रेस इटहरी नगर सभापति दुर्इ पटक भए भने राजनीतिक संयन्त्र इटहरीका प्रभावशाली सदस्य र विपद् व्यवस्थापन समिति इटहरीका संयोजक भएर समेत काम गरेको छु ।

तपार्इको चुनावी एजेण्डा के हो हेमकर्ण पौडेललार्इ किन जिताउने ?
हेर्नुहोस् मैले अघि पनि भने नेपाल अहिले पनि प्रशस्त क्षमता र चुनौती हुँदा हुँदै किन बन्न सकेन । नेतृत्व हामी सँग छ । हामी सँग शीर्षस्त राजनीतिक नेतृत्व गर्ने राजनीतिक दलपनि छ । जसले २०४६ सालको परिवर्तन देखी अहिले सम्म मुलुक चलायो । द्धन्दबाट मुलुक भर्खरै बाहिर निस्कियो । अहिले पनि पूर्ण रूपमा शान्ति स्थापना हुन सकेको छैन । संविधान कार्यन्वयनको एउटा जटिल प्रश्न पनि छ । त्यसले गर्दा अब पनि फेरी गलत मानिसको हातमा नेतृत्व गयो भने फेरी पनि भोलीको सन्तानको भविष्य अन्धकार हुन्छ । त्यसैले गर्दा हामी निरन्तर रूपमा नेपाल भित्रको राजनीतिले नेपाली जनता, नेपाली समाजलाई समबृद्धी र विकासको बाटो तर्फ, एउटा आशा र भरोसाको बाटो तर्फ लानुपर्छ भन्ने बिचार राख्ने मानिस त्यो खालको सकारात्मक सोच भएको मानिस त्यसले गर्दा कम्तीमा हामीले अवसर पायौ भने यो प्रदेशको निर्वाचन जून हुन गइरहेको छ जसले बढीमा १० वर्ष भित्र नेपालको केन्द्रीय नेतृत्व तयार गर्छ ।

त्यँहा असल, क्षमतावान मानिसलार्इ पठाउन सकियो भने भोलि फेरी पनि यो समाजले यो देशले लाभ पाउन सक्छ । त्यसैले गर्दा त्यस्तो खालको चयन यस पटक नागरिकले गर्नुहुन्छ । मेरो ठाउँमा म भन्दा अब्बल अरू कोही छैनन् भन्ने मेरो आशय भने होइन । मैले जे गर्न खोजिरहेको छु मैले एउटा राम्राे काम पाए, अवसर पाए भने बढी भन्दा बढी काम गरेर देखाउने प्रतिबद्धता गर्न चाहन्छु । त्यस कारण अहिलेको रोजाइ परिवर्तन विकास र समबृद्धी हो । त्यसलार्इ बोक्न सक्ने नेतृत्व हुनुपर्छ भन्ने जनताको माग हो । त्यही नै मेरो एजेण्डा हो ।

यो त अलि बढी क्लिष्ट भयो पाठकले बुझ्ने गरी भन्नुस न तपाइको निर्वाचन प्रतिबद्धता के–के छन् ?
आफ्नो निर्वाचन क्षेत्रको भौतिक, शैक्षिक, कृषि, स्वास्थ्य, खेलकुद, पर्यटन पूर्वाधार विकासमा कुनै कसुर बाँकी राख्दीन । यस्तै इटहरीलाई महानगर र प्रदेशिक राजधानी बनाउन मेरो प्रयत्न रहन्छ । इटहरीमा अति आवश्यक रहेको ५० जना क्षमताको सुविधा सम्पन्न सार्वजनिक शौचालय, एक घर एक रोजगारको व्यवस्था, इटहरीको टाउको दुखाइ रहेको सेरा खोलाको बाढी नियन्त्रणका लागि विशेष योजना ल्याउने, जेष्ठ नागरिक तथा विपन्न सहयोग कोष स्थापना र विकासको मुद्दामा पार्टीगत राजनीति हाबी हुन नदिने मेरो जोडदार प्रयत्न रहने छ । यी बाहेका घोषणापत्रमा उल्लेख गरिएका अन्य काममा पनि मेरो प्रतिबद्धता रहने छ ।

यहाँको मुख्य प्रतिस्पर्धा कुन दल सँग हुन्छ होला ?
दल भन्दा पनि नेपालमा दुर्इ वटा गठबन्धन बनेको यहाँहरु सबैलाई थाहै छ । बाम र लोकतान्त्रिक गठबन्धन । त्यसैले मेरो प्रतिस्पर्धा मुख्य रूपमा बाम गठबन्धन सँग नै हुन्छ । बाम गठबन्धनको उम्मेद्धवार भनेको एमालेका सर्वध्वज सावा हुनुहुन्छ । मैले सोध्न खोजेको मुख्य प्रतिष्पर्धी उम्मेद्धवारलार्इ कुन रूपमा लिनुहुन्छ । सुन्नुस गठबन्धन बनेको छ म जहिल्यै पनि यो गठबन्धनको विषयमा एउटा कुरा के भने गठबन्धन संसारको जुनै सुकै कुनामा गएर एउटा सहमति गरेर बनोस जसले सुकै बनाओस गठबन्धन जो सुकै जोडिउन एकता हुनु नराम्राे कुरा होइन । तर, गठबन्धनको उद्देश्य चाही पवित्र हुनु पर्‍यो । यो गठबन्धन ठाउँ, व्यक्ति, प्रबृती र चरित्र विशेषसँग सम्बन्धित छैन । यसले बोक्ने उद्देश्य पवित्र छैन ।

यो सत्ता लिप्सा आफूलार्इ राजनीतिमा केन्द्रीयता लाद्ने खालको आफै सर्वै सर्वा बन्ने खालको गठबन्धन जुनै सुकै गठबन्धन पनि आजको आवश्यकता होइन । जनताले त्यो खोजेको पनि होइन । त्यसले गर्दा अहिले जो मेरो प्रतिष्पर्धि सर्वध्वज सावा हुनुहुन्छ उँहा मेरो पनि नेता हो । नेता बन्नको निम्ति एउटै दलभित्र मिलेर काम गर्नुपर्छ भन्ने छैन । फरक पार्टीमा भए पनि उँहा नेता हो । त्यसले गर्दा उहाँले इटहरी नगरलार्इ पनि चलाइ सक्नुभएको छ । इटहरीलार्इ चिनाउने काम पनि उहाँले गर्नुभएकै हो । तर आजको आवश्यकता के हो भन्ने त्यो मूल विषय हो । राजनीति गर्न दुर्इ चार कुरा महत्त्वपूर्ण हो ।

एउटा मानिसमा क्रियाशीलता हुनुपर्छ । सक्रियता हुनुपर्छ । मानिस स्वस्थ्य पनि हुनुपर्छ । अलिकति के छ भने समय परिस्थितीलार्इ बोकेर हिड्न सक्ने पनि हुनुपर्छ । कहिले काही आफ्नो पार्टीले गलत कुरा लाद्न खोज्यो भने र समाजलार्इ भोलि त्यसले क्षति पुग्न सक्छ भने त्यस विरुद्ध बोल्न सक्ने तागत पनि हुनुपर्छ । लम्पसारवादको सिद्धान्त बोकेको मानिसले समाजमा कुनै परिवर्तन गर्न सक्दैन । म सँग एउटा फरक खालको चरित्र के छ भने हामी जुनसुकै राजनीतिक दलमा बिचार राखे पनि सर्वप्रथम हामी जनता हौ ।

हामी देशको उन्नति चाहन्छौ, प्रगति चाहन्छौ, भलो चाहन्छौ । अहिले सम्म देशमा जति पनि विकृति भित्रिए त्यसको जिम्मेवार नेपाली जनता होइन । त्यो शिर्षस्थ राजनीतिक दल हो । मेरो पार्टी अन्य पार्टी जो गठबन्धन भित्र समावेश भएको पार्टीले काही न काही कमजोरी गरेको छ । त्यसले गर्दापनि त्यसबिरुद्ध बोल्ने तागत हामी युवाहरुमा हुनुपर्छ । त्यँहा गलत भयो त्यसमा अब तपार्इहरु सच्चिएर हिन्नुपर्छ तपार्इहरुको कदमले जनताले अब दुख पाए अहिलेको आवश्यकता त्यो होइन भन्ने कुरा बोल्न सक्ने तागत हुनुपर्छ । र अहिलेको जून सिनियर राजनीति गर्ने मानिसहरू उहाहरु हुनुहुन्छ अलि बढी पार्टीसँग केन्द्रित हुने, पार्टीका मुद्दा बोकेर हिँड्ने, अतिरिक्त बिचार र नयाँ नयाँ सिर्जनात्मक रचनात्मक बिचार बोकेर हिड्न नसक्ने मैले देखेको कारण पनि उहाँ मेरो नेता हो । उँहा नै मेरो प्रतिष्पर्धी हो । म प्रस्ट सँग उहा सँग प्रतिस्पर्धा गर्छु । आदर गर्छु । उहाँको नकारात्मक कुरा नखोजीकन राजनीतिक रूपमा चुनाव लड्दै छु । तर जनताले अहिले चाहेको ब्यत्ति भनेको मेरो प्रतिष्पर्धी भन्दा मै हु भन्ने मेरो दाबी हो ।

तर, मैले तपाइसँग कुराकानी गर्नुभन्दा अगाडी सर्वध्वज सावासँग कुराकानी गर्दा प्रतिस्पर्धा जे जस्तो भए पनि जनताले मलार्इ जिताउँछन् भन्नुभाको छ । यसमा के भन्नुहुन्छ ?
लोकतन्त्रमा सबैभन्दा ठुलो शत्ति भनेको जनता हो हेर्नुस । म जित्छु भन्दिन । म प्रयत्न गर्छु । यस पटक मत माग्नको निम्ति जनता माझ जाँदा मेरो उम्मेद्धवारी छ । म जातलार्इ बेच्दीन । म धर्मको सिरानी हालेर फेरी पनि नागरिक नागरिक बिच बिभाजन गराउने काम गर्दिन । यो मेरो प्रतिबद्धता हो । तपार्इहरुले काही कतै देख्नुभयो भने मलार्इ तपार्इहरुले कान पक्रिएर जनतामाँझ लगिदिनु भए हुन्छ । राजनीतिको काम त जोड्ने हो । जात, धर्म, भाषा, लिङ्ग, समुदायका नाममा मुलुकलाई बिभाजन गर्ने एउटा अभ्यासका कारणले नेपाली समाज अहिले कतातिर जाँदैछ ।

एउटा छिमेकीले अर्को छिमेकीलाई प्रेमले स्नेह गर्न छाडिसक्यो । जबसम्म हिमाल पहाड तरार्इ मधेसका जनताबिच एकता छ । सुमधुर सम्बन्ध छ । एकै प्रकारको संस्कृति, रितीरिवाज छ एउटै सिदान्त बोकेर हिनेका छौ । राष्टवादी बिचार छ । एक ठाउँमा जोडिन सकिँदैन । दलले त्यसलार्इ बिभाजन गर्छ । नेपाललार्इ सम्बृद्धीको बाटो तर्फ लान सकिँदैन । त्यस कारण मेरो बिचारमा तपार्इको के छ भने जनताले भोलि मलार्इ अनुमोदन गर्नुभएन भने मैले गर्ने राजनीति हो । आज बोलेका कुरालार्इ उहाँले जितेर गएपछि पुरा गर्नुभएन भने खबरदारी गर्ने हो । उँहा संसद्को भवन भित्र हुनुहुन्छ म बाहिर हुन्छु । महत्त्वपूर्ण र साँझ कुरा हामीले पनि उठाएका छौ । इटहरीलार्इ राजधानी बनाउने कुरा महानगर बनाउने, भौतिक पूर्वाधार बनाउने, यहाँका हरेक प्रकारका विकासका एजेण्डा उहासँग मिल्दा जुल्दा छन् यसमा म सधैँ खबरदारी गरिरहन्छु । र अर्को पटक जनताको माझमा म मेरा कमी कमजोरी सच्याएर जनताको मन जितेर चुनाव जित्ने प्रयत्न मेरो रहन्छ ।

अब अन्तमा हेमकर्ण पौडेलले चुनाव जितेका खण्डमा यस क्षेत्रको मानिसले के पाउछन् ?
हेमकर्ण पौडेलले चुनाव जितेको खण्डमा यस क्षेत्रका मानिसले मात्र नभएर समग्र देशवाशीले पाउने भनेकै स्थायी शान्ति हो । मैले चुनाव जिते भने हाम्राे पार्टीले चुनाव जित्यो भने हाम्राे बिचारले चुनाव जित्यो भने फेरी पनि नागरिकले द्धन्द र युद्धको नाममा एक भाइले अर्को भाइलार्इ बन्दुक उठाएर मार्ने कुराको अन्त्य हुन्छ । देशभित्र रगत बग्दैन । फेरी पनि विद्यालय भित्र बम पड्कीदैन । देशमा स्थायी शान्ति भर्इ विकासले फड्को मार्छ । संविधान कार्यन्वयन हुन्छ । यस बाहेक म ब्यत्तिगत रूपमा भन्नुपर्दा हिजो राजनीतिक दलको कारणले गर्दा, द्धन्दले गर्दा यो समाजले के के क्षति ब्योहोर्यो भन्ने कुराको राम्राे हेक्का राख्ने युवा मध्ये एक म पनि हो । त्यस कारण आउने पुस्तालार्इ सहज रूपमा अमनचयन गर्ने वातावरण निर्माण गराउनमा मेरो प्रयत्न रहन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 12 =