शहीद सप्ताह आजदेखि सुरु, १६ गतेसम्म चल्ने

काठमाडौं, माघ १० । हरेक वर्ष मनाइँदै आएको शहीद सप्ताहअन्तर्गत यस वर्ष पनि आजदेखि देखि १६ गतेसम्म मनाईदै छ । बिहान ८ बजे टेकु खरिबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभाबाट कार्यक्रमको सुरुवात गरिएको छ । त्यस्तै माघ १३ गते बिहान ८ बजे सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा, १५ गते बिहान ८ बजे गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान, शोभा भगवतीमा श्रद्धाञ्जली सभा हुनेछ ।
समितिले माघ १६ गते शहीद दिवसका दिन बिहान ८ः३० बजे शान्तिबाटिका रत्नपार्कबाट प्रभातफेरि शुरु हुनेछ । प्रभातफेरिमा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको टोलीसहितको प्रभातफेरि बिहान ९ बजे सहिद स्मारक लैनचौरमा पुगी ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको जनाएको छ ।








