अमेरिकाले सुरक्षा रणनीति परिवर्तन गर्नसक्ने

काठमाडौं, माघ ६ । अमेरिकाले आफ्नो रक्षा रणनीति परिवर्तन गर्ने संकेत गरेको छ । अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले अमेरिकी सेनाले अब आफ्नो ध्यान चरमपन्थीविरुद्ध लड्नुको सट्टा रुस र चीन जस्ता प्रतिस्पर्धी मुलुकसँग लड्ने क्षमता विकास गर्ने बताउनुभएको छ ।

रक्षामन्त्री म्याटिसले अमेरिकी सुरक्षाका लागि रुस र चीन बढ्ता खतरा रहेको दाबी गर्नुभयो । रुसप्रति संकेत गर्दै उहाँले कुनै पनि मुलुकले अमेरिकाको लोकतान्त्रिक प्रक्रियाका बारेमा चिन्ता लिनु नपर्ने बताउनुभयो । सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति चुनावमा रुसले हस्तक्षेप गरेको आरोप लागेपछि दुई मुलुकबीच आरोप प्रत्यारोप चलिरहेको छ ।

रक्षामन्त्री म्याटिसले अमेरिकी सेनालाई पर्याप्त बजेट विनियोजन गर्न संसद्लाई अपीलसमेत गर्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्ष रक्षा बजेटमा १० प्रतिशत वृद्धि गर्ने चाहना राख्नुभएको छ । उहाँले त्यसका लागि अरु मुलुकलाई दिइने गरेको रकम कटौती गर्नसमेत तयार रहेको बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + twelve =