चितुवाको छाला र हड्डी सहित २ जना पक्राउ

पोखरा,  माघ ३ । ईलाका प्रहरी कार्यालय आँबुखैरेनी र केन्द्रिय प्रहरी अनुसन्धान व्यूरोको टोलीले तनहुँको आँबुखैरेनी ४ मुग्लिङ पुल नजिकैवाट ३ वटा ध्वाँसे चितुवाको छाला र हड्डी सहित २ जनालाई पक्राउ गरेको छ ।

मुग्लिङ पुल नजिकै पृथ्वी राजमार्ग सडक खण्डमा चेकजाँचका लागि खटीएको प्रहरी टोलीले सडक छेउमा रोकी राखेको बा १५ च ७४५६ नम्बरको स्कारपियो जिपमा शंका लागि चेकजाँच गर्दा ध्वाँसे चितुवाको छाला र हड्डी फेला परेको हो ।
गाडीमा रहेको कालो रंगको सुटकेश भित्र लुकाई छिपाई राखेको अवस्थामा ३ वटा ध्वाँसे चितुवाको छाला र हड्डी फेला पारेको हो ।घट्नामा संग्लग्न भएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्कार्पियोका चालक नुवाकोट शिबपुरी गाउँपालिका बस्ने वर्ष २८ का भिम बहादुर तामाङ् र गोरखा सुलिकोट गाउँपालिका २ बस्ने वर्ष ३५ का ईत बहादुर तामाङ् रहेका छन् । पक्राउ परेका दुवै जनालाई छाला, हड्डी र सवारी साधन समेत आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय तनहुँ दमौली पठाएको प्रदेश नम्बर ४ प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =