मन्त्रीसँग रिसायो दरबारमार्ग : व्यवसायी यसो भन्छन्

काठमाडौं, भदौ २३ । राजधानीको दरबारमार्ग क्षेत्रका व्यवसायीले नेपाल आयल निगमका प्रमुख गोपाल खड्काले करोडौ भ्रष्टाचार गर्दा मौन बस्ने आपूर्तिमन्त्री शिवकुमार मण्डलले खुला व्यवसायमा ताला लगाउनु गलत नियत भएको दाबी गरेका छन् । आजको नागरिकमा खबर छ ।

उनीहरुले आपूर्ति मन्त्रालयमातहतकै आयल निगमका कार्यकारी निर्देशक खड्कालाई कारबाही गर्न नसक्ने मन्त्रीले दरबारमार्गको निजी व्यवसायलाई दुख दिने नियतका साथ नौवटा ठूला पसलमा सिलबन्दी गरेको बताए । खड्कालाई कारबाही गर्न नसक्ने आपूर्ति मन्त्री र मन्त्रालय दुइ चार हजारको व्यपार गर्ने व्यवसायीको पछाडि हात धोएर लागेको व्यवसायीले गुनासो गरेका छन् ।

दरबारमार्गका व्यवसायीहरुको संस्था दरबारमार्ग बिकास समिति बिकास बार्डले बिहीबार पत्रकार सम्मेलन गरी सरकारले गलत नियतका साथ पसलमा ताल्चा लगाएको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 18 =