फोरमबाट प्रदेश २ को संसदीय दलको नेतामा राउत चयन, मुख्यमन्त्री ‘पक्का’

जनकपुरधाम, माघ २२ । संघीय समाजवादी फोरम नेपालले प्रदेश नम्बर दुईको संसदीय दलको नेतामा लालबाबु राउतलाई चयन गरेको छ । संसदीय दलको नेतामा ७ जनाको उम्मेदवारी परेकोमा नेताहरुले सहमति गरेर राउतलाई सर्वसम्मत दलको नेता चयन गरेका हुन् ।

संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले आइतबार ४ः३० बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको थियो ।

प्रदेश सरकारको मुख्यमन्त्री फोरमले पाउने र पार्टी संसदीय दलका नेता नै मुख्यमन्त्री हुने प्रावधान रहेकाले उक्त पदको लागि आकांक्षी बढी देखिएका थिए।

संसदीय दलको नेताका लागि सिरहाबाट विजय यादव, पर्साबाट लालबाबु राउत गद्दी र प्रह्लाद गिरी, महोत्तरीबाट कौशलकुमार यादव र सरोजप्रसाद सिंह, रौतहटबाट योगेन्द्र यादव र सप्तरीबाट शैलेन्द्र साहले उम्मेदवारी दर्ता गराएका थिए।

संसदीय दलको नेताका लागि सात जनाको उम्मेदवारी परेपछि सहमतिको प्रयास भएको थियो । राउतको नाममा सहमति जनाउँदै अन्य ६ जनाले उम्मेदवारी फिर्ता लिएपछि राउत मुख्यमन्त्री बन्ने बाटो पनि खुलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =