गए साता देखि पहिरोले पुरेको हाइड्रोको उत्पादन बन्द
२०७४ जेठ १५ गते

सन्धुपाल्चोक, भदौ १२ । गए साता देखि परेको अबरिल बर्षा पछि खसेको पहिरोले १ मेगावाटको हाइड्रो पावर पुरीएको छ । सिन्धुपाल्चोकको पश्चिमि क्षेत्रको पांचपोखरी थाङपाल गाउँपालिकाको वडा नम्बर ४ मा रहेको माथिल्लो हाडिखोला सानो जलबिद्युत केन्द्रमा करिब १ सय मिटर माथिबाट खसेको पहिरोले आयोजनालाई पुर्ण रुपमा क्षतिग्रस्त बनाएको छ ।
पहिरोले कर्मचारी आवास गृह सबै बगाएको छ । पहिरोले जेनेरेटर र टर्वाइनलाई पुरेको छ । पहिरोका कारण बिद्युत गृह अनिश्चितकालका लागि बन्द भएको आयोजनाका कर्मचारी जिबनलाल श्रेष्ठले बताउनु भयो । करिब २२ करोड को लागतमा निमार्ण भएको माथिल्लो हाडिखोलाले २०६७ सालबाट ब्यवसायिक उत्पादन गर्दे आइरहेको थियो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








