क्यान्सर पीडित राईलाई किरात राई पत्रकार संघद्धारा सहयोग

सुनसरी, पुस २३ । क्यान्सरबाट पीडित बराह नगरपालिका भरौलका धनराज राईलाई उपचारका लागि किरात राई पत्रकार संघ सुनसरीले आर्थिक सहयोग गरेको छ ।
आर्थिक अभावमा रहेका राईलाई क्यान्सर रोगको शल्यक्रियाको लागि आईतबार २१ हजार ३ सय रुपैया उपचार खर्च सहयोग गरेको किरात राई पत्रकार संघ सुनसरीका सचिव मिलन राईले बताए ।

धरान १० स्थित यलम्बर स्मृति संग्रहालयमा औपचारीक कार्यक्रम गरी किरात राई यायोक्खा प्रारम्भिक कार्य समिती भरौलका अध्यक्ष मोहन राई र सचिव दलकुमार राईलाई किरात राई यायोक्खा जिल्ला कार्य समिती सुनसरीका कोषाध्यक्ष सुबित्रा राई साथै किरात राई पत्रकार संघले संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरेका थिए ।
पीडित राईको हाल काठमाण्डौको विर अस्पतालमा उपचार भईरहेको छ । किरात राई प्रारम्भिक कार्य समिती भरौलले धनराज राई बचाउ अभियान मार्फत सहयोगको अपिल गरेपछि अर्थिक सहयोग जुट्दै गएको किरात राई प्रारम्भिक कार्य समिती भरौलका अध्यक्ष मोहन राईले बताए ।








