आज मन्त्रीपरिषद् बैठक बस्दै

काठमाडौं, माघ ३ ।मन्त्रीपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने गरि मन्त्रीपरिषद् वैठक बस्न लागेको हो । शुरुमा हिजो विहान ९ बजेका लागि बैठक बोलाईएको थियो ।

तर विपक्ष दलहरुसँग छलफलका लागि प्रधानमन्त्री शेर बहादुर देउवाले भन्दै अपरान्ह ४ बजेका लागि मन्त्री परिषद् वैठक सार्नु भएको थियो । सो वैठक पनि स्थगित भएपछि अहिलेकेहीबेरमै मन्त्रीपरिषद् वैठक बोलाईएको छ ।

प्रधानमन्त्री देउवाले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नुअघि नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दल र आफ्नै पार्टीभित्र छलफल गर्ने तयारी गर्नुभएको छ । प्रदेश प्रमुखको नियुक्ति नहुँदा प्रदेश सांसदहरुले सपथ लिन पाएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 8 =