आदिवासी चलचित्र महासंघले तिन दिने महोत्सवको आयोजना गर्ने

असार ११, काठमाडैा । आदिवासी जनजाति चलचित्र महासंघले तिन दिने महोत्सवको आयोजना गर्ने भएको छ । असार १७, १८ र १९ गते चल्ने महोत्सवले नेपाल एक बहुभाषी, बहुजाती, बहुधार्मीक, बहुसांस्कृतिक देश हो भनेर चिनाउने आयोजकले विश्वास लिएको छ । महोत्सवले आदिवासी जनजातिहरुका मौलिक कला, संस्कृति, भाषा, धर्म, परम्परा, प्रथाहरुको दस्तावेजीकरण, संरक्षण प्रर्वधनका साथै पर्यटन विकासका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रवर्धन गर्ने लक्ष्य लिएको छ ।

आदिवासी चलचित्र ‘शिलु’ २०४४ सालमा निमार्ण भएदेखि झण्डै ५०० भन्दा बढी कथानक आदिवासी चलचित्र निमार्ण भईसकेका छन् । तर, नितिगत समस्याका कारण सोचे अनुरुप आदिवासी चलचित्रको विकास हुन सकेको छैन । यदि राज्य र सम्बन्धित निकायले चासोका साथ यसलाई प्राथमिकता दिई अवसर प्रदान गर्ने हो भने आदिवासी चलचित्रले राष्ट्रको पहिचान बचाई राख्नुका साथै मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पुल्याउने महासंघले विज्ञती मार्फत गुनासो समेत व्यक्त गरेको छ ।

महासंघले स्थापना काल देखि नै आदिवासी जनजाति चलचित्रको प्रवर्धन तथा संवद्दन गर्नका लागि हरेक वर्ष विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको थियो । त्यसै अनुरुप यस वर्ष महोत्सवको आयोजना गरिएको महासंघले जनाएको छ । महोत्सवमा लिखित आदिवासी जनजाति चलचित्र, वृतचित्र र छोटो चलचित्र प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ । आयोजकले यस महोत्सवमा जातिय संस्थाबाट छनौट भई सहभागिता जनाउने सबै चलचित्रहरुलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरिने समेत जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =