टीकापुरबाट नेपालगञ्ज तर्फ जादै गरेको बस दुर्घट्ना, एक जनाको मृत्यु
२०७४ जेठ १५ गते

टीकापुरबाट नेपालगञ्ज तर्फ जादै गरेको ना ५ ख ५३० नम्बरको कैलालीको जानकी गाउपालिका वडा नम्बर ९ पथरैयामा दुर्घट्ना हुदा एक जनाको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी सुदिपराज पाठकले दिनु भएको जानकारी अनुसार आज बिहान १०ः१५ बजेतिर भएको सो दुर्घट्नामा परी टीकापुर नगरपालिका वडा नम्बर १ का ४० वर्षिय ज्योधिप्रसाद चौधरीको ज्यान गएको हो ।
चौधरीलाई उपचारका लागि टीकापुर अस्पताल पु¥याए लगत्तै उहाँलाई अस्पतालले मृत घोषित गरेको थियो । मृतक चौधरी टीकापुरमा रहेको करुणा स्कुलका संचालक, टीकापुर जेसिज बर्ष २०१७ का उपाध्यक्ष, नेपाली कांग्रेसका युवा नेता र थारु कल्याणकारी सभा कैलालीका उपसभापति समेत हुनुहुन्थ्यो । उक्त दुर्घट्नामा परी अन्य १६ जना घाइते भएका छन । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको डिएसपी पाठकले बताउनुभयो ।
गम्भीर घाइते चारै जनालाई टीकापुर अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज ल्याईएको छ । सामान्य घाइते १२ जनाको अहिले टीकापुर अस्पतालमा उपचार भइरहेको छ । बस अहिले पनि दुर्घट्नास्थलमै पल्टिएको अवस्थामा रहेको छ । बस तीव्र गतिमा रहेकाले नियन्त्रण गुमाउदा सडक छेउमै पल्टिएको हुन सक्ने प्रहरीको भनाई छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








