निर्वाचन सुरक्षामा शंका नगर्न सरकारको आग्रह

काठमाडौं, भदौ २४ । प्रदेश नम्बर २ मा असोज २ गते हुन लागेको निर्वाचन सु्रक्षाको बारेमा कुनै चिन्ता नलिन सरकारले सबैलाई आग्रह गरेको छ । गृहमन्त्री जर्नादन शर्माले तेस्रो चरणको यो निर्वाचनका लागि केन्द्रीय सुरक्षा समिति, क्षेत्रिय सुरक्षा समिति, जिल्ला सुरक्षा समिति सबै तिर छलफल गरि सुरक्षा संयन्त्र तयार पारिएकाले सुरक्षाको कुनै चिन्ता नलिन आग्रह गर्नुभयो ।
निर्वाचन सुरक्षाको लागि आवश्य पर्ने सम्पूर्ण तयारी पुरा भईसकेकाले भन्दै गृहमन्त्री शर्माले ढुक्क भएर भोट हाल्न मतदाता, आम नागरिक, कर्मचारी सबैलाई आग्रह गर्नुभयो । राजपा सहित सबै दलहरुले चुनाबमा भाग लिएको, मनोनयन दर्ताको क्रममा कुनै अप्रिय घटना नभएकाले पनि निर्वाचनमा कुनै खतरा नरहेको सरकारले बुझेको गृहमन्त्रीको भनाई छ ।
प्रदेश नम्बर २ मा खुल्ला सीमा क्षेत्र भएपनि छिमेकी देशबाट पनि कुनै सुरक्षा खतरा नहुने गरि सुरक्षाको प्रबन्ध मिलाईएको उहाँले बताउनुभयो ।








