यसरी पक्राउ परेका थिए वैदेशिक रोजगार विभागका महा–निर्देशक पाण्डे

कात्तिक ३०, काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिएको आरोपमा बुधबार पक्राउ परे । एकहप्ता पछि मात्र अर्थात यही मंसिर ६ गते जागिरबाट अवकास पाउन लागेका पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टिमले पक्राउ गरेको हो । अवकास पछि लगत्तै उनी अष्ट्रेलिया जाने तयारीमा थिए । उनी पक्राउ पर्ने तरिका भने घतलाग्दो छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक पक्राउको कथा महाराजगञ्ज कार्यालय रहेको एसआरएस ओभरसिजसँग गएर जोडिएको छ । मानव तस्करीका लागि बद्नाम सो मेनपावरबाट गत वर्ष सेक्युरिटी गार्डका लागि ५२ व्यक्ति युएई गएका थिए । प्रतिव्यक्ति ८ लाख रुपैयाँ बुझाएर गएका उनीहरुले अलपत्र परेपछि नेपाल फर्किएर एसआरएसविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । पीडितको उजुरीका आधारमा विभागले एसआरएसको कारोबार रोक्का गरेको थियो ।

५२ जना पीडितको दवाब थेग्न नसकेपछि विभागले मेनपावरको कारोबार रोकेको थियो । कारोबार रोक्का भएपछि मेनपावर सञ्चालक सुभद्रा बराल भागेर आबुधावी पुगेकी थिइन् । लामो समयसम्म त्यहाँ बसेकी उनले उतैबाट रोक्का फुकुवाका लागि कानुनी प्रक्रिया सुरु गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् । सर्वोच्च अदालतले उनको पक्षमा फैसला सुनाउँदै एसआरएस ओभरसिजलाई सफाइको आदेश दिएको थियो ।

‘मेनपावर सञ्चालकसँग विभागका कर्मचारीले पैसा बार्गे्निङ गरेको टेप हामीले पाएका छौं’, अख्तियार स्रोतले भन्यो, ‘महानिर्देशक पाण्डेले मेनपावर सञ्चालकसँगको बार्गे्निङ गरेको त्यो टेपसिहतका प्रमाणमा अनुसन्धान भइरहेको छ ।’ सर्वोच्चको आदेशपछि राहत अनुभव गरेकी उनले रोक्का फुकुवाका लागि वैदेशिक रोजगार विभागमा प्रक्रिया सुरु गरेकी थिइन् । वैदेशिक रोजगार विभागका कर्मचारीले त्यसमा आनाकानी गर्दै घुस मागेका थिए ।

त्यतिबेला पैसा माग्ने विभागका कर्मचारीसँगको फोनटेप गरी सुभद्राले अख्तियारलाई बुझाएकी छिन् । उनकै योजनाअनुसार मंगलबार साँझ विभागका दुई कर्मचारीलाई नयाँ वानेश्वरको इन्द्रेणी फुडल्यान्ड पुगे। त्यहाँ उनले पूर्व कुराकानीअनुसार वैदेशिक रोजगार विभागका अधिकृत पौडेल र नासु केसीलाई १० लाख रुपैयाँ थमाइन् । तर उनले यो जानकारी पहिल्यै अख्तियारलाई दिइसकेकी थिइन् । अख्तियारको टोलीले घुस लिँदालिँदै पौडेल र केसीलाई रंगेहात पक्राउ र्गयो । ‘मेनपावर सञ्चालकसँग विभागका कर्मचारीले पैसा बार्गे्निङ गरेको टेप हामीले पाएका छौं’, अख्तियार स्रोतले भन्यो, ‘महानिर्देशक पाण्डेले मेनपावर सञ्चालकसँगको बार्गे्निङ गरेको त्यो टेपसिहतका प्रमाणमा अनुसन्धान भइरहेको छ ।’

वैदेशिक रोजगार विभागमा भ्रष्टाचार खुलेआम हुने गरे पनि सो कार्यलयबाट सहसचिव तहको कर्मचारी घुस प्रकरणमा पक्राउ परेको यो पहिलो घटना हो । वैदेसिक रोजगारीको क्षेत्रमा अनियमितताको कथा विभागका महानिर्देशक सम्म मात्रै सिमित छैन । मन्त्रालयसम्म पनि यसको जरा पुगेको देखिन्छ । महानिर्देशक पाण्डे पक्राउको घटनाले लहरो तान्दा पहरो घर्किने सम्भावना रहेको अख्तियारका अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 2 =