पढार्इमा अम्बल देवेन्द्र, सडकको पेटीमा तरकारी बेच्छन्

नयाँ दिल्ली – भनिन्छ काम ठूलो र सानो हुदैन । यसको उदाहरण बनेका छन् भारतका १७ वर्षीय युवक देवेन्द्र कुमार । उनले भारतको रायपुरमा रहेको छतीसगढ माध्यामिक विद्यालयबाट ९८.६ प्रतिशत अंक ल्याएर कक्षा १२ उतीर्ण गरेका थिए ।  आर्थिक स्तर कमजोर भएकोले उच्च शिक्षा पहुँच नभएपछि र सरकारी स्तरबाट समेत कुनै पनि सहयोग नपाएपछि उनी  जीवन गुजाराका लागि सडकको पेटीमा तरकारी बेच्न थालेका हुन् ।

फाइल फोटो

उनले परीक्षामा सामेल भएका ३ लाख ९५ हजार परीक्षार्थीहरूलाई पछाडि पार्दै ९८.६ प्रतिशत ल्याउन सफल भएका थिए । उनको परीक्षाफल गत अप्रिल महिनामा प्रकाशन भएको थियो । परिवारले वार्षिक औसत रूपमा तिर्नुपर्ने १ लाख ३ हजार रूपैया तिर्न असमर्थ भएपछि उनको पढाई रोकिएको थियो । उच्च शिक्षाका लागि  बलोड जिल्ला प्रशासनले आर्थिक सहयोग उपलब्ध गराउने आश देखाएपनि यथार्थमा पूरा नगरेको भन्दै उनी आक्रोश व्यक्त गर्छन् ।

उनले अध्ययनशील तथा मेहनती विद्यार्थीहरूका लागि सरकारी तवरबाट सहयोग नपाएकोमा दुख व्यक्त गरे । उनकी आमाले गरिबीका कारण छोराको पढ्ने रहर पूरा गर्न नसकेकोमा दुख व्यक्त गरिन् । जिल्ला शिक्षा अधिकारीले राज्यको तर्फबाट गरिब तथा जेहन्दार विद्यार्थीलाई सहयोग गर्न नसक्नु  तीतो सत्य भएको बताए ।  साथै गरिब तथा जेहन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था सरकारले गर्नुपर्ने धारणा उनले राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =