पर्वतमा बामगठबन्धनको अग्रता

मङ्सिर २३,पोखरा । दोस्रो चरणमा बिहिवार निर्वाचन सम्पन्न भएको पर्वतमा मतगणनाको पछिल्लो विवरण अनुसार बाम गठबन्धनले अग्रता लिएको छ। १ प्रतिनिधि सभा सदस्य र २ प्रदेश सभासदस्यको लाािग भएको निर्वाचनमा प्रतिनिधि सभाको १ सहित १ प्रदेश सभामा गठबन्धन अगाडि देखिएको छ भने एउटा प्रदेश सभामा काँग्रेसका उमेदवार अगाडी छन्।

प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका साझा उमेदवार बनेका एमालेका पदमगिरीले अग्रता लिएका छन्। उनले १४ हजार १ सय ६८ मत प्राप्त गरेका छन् भने उनका निकत्म प्रतिद्धन्दी काँग्रेसका अर्जुन जोशीले १० हजार ३ सय १६ मत पाएका छन्।

त्यसैगरी प्रदेश सभा क मा गठबन्धनका सझा उमेदवार बनेका माओवादीका नेत्र अधिकारीले ६ हजार २ सय २७ मत प्राप्तगरेका छन् भने उनका प्रतिद्धन्दी काँग्रेसका नबराज गुरुङले ५ हजार ८ सय २७ मत ल्याएका छन्। त्यसैगरी प्रदेश ख मा गठबन्धनको तर्फका उमेदवार बिकास लम्सालले ५ हजार ६ सय ८४ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी काँग्रेसका राजेन्द्र प्रसाद तिवारीले ५ हजार ८ सय ८४ मत प्राप्त गरेका छन्।

अहिले सम्म गनिएका २५ हजार ९ सय १७ मत मध्ये उक्त नतिजा सार्वजनिक गरिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =