आजका बिभिन्न पत्रपत्रिकामा छापिएका सम्पादकीय यस्ता छन्

काठमाडौं, माघ २५ ।  सलाम धुर्मुस–सुन्तली – नागरिक 

समय चेतनामा सबैभन्दा पछि परेको आजको हाम्रो नेपालमा एक जोडी कलाकारले १ सय १४ दिनमा नमुना बस्ती निर्माण गरेर सबैलाई चकित पारेका छन् ।

आफूले गर्न खोजेको काम पटक–पटक समयमा पूरा गरेर सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले संकल्पशक्ति हुने हो भने असम्भव केही पनि छैन भन्ने देखाइदिएका छन् ।

एकातिर मुलुकमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले थालनी गरेका भूकम्पपीडित बस्तीका काम असरल्ल छन् ।

अर्कोतिर यो अनुपम कलाकार जोडीले सुरु गरेको काम समयमै फत्ते गरेर मुलुक कसरी पछि परिरहेको छ भन्ने उदाहरण पनि प्रस्तुत गरेका छन् ।

यो मुलुकमा बहाना गरेरै थालेका काम पूरा नगर्ने प्रवृत्ति छ । हुँदाहुँदा बाटो समयमा किन कालोपत्रे भएन भनेर प्रश्न गर्दा तापक्रम नपुगेको भन्ने समेत बहाना गर्ने गरेको सुनिन्छ ।

त्यसो हुँदो हो त अहिले संसारभरि शून्यभन्दा तल तापक्रम रहेका धेरै मुलुक सडकबिनै रहने थिए । धेरैले तिब्बतमा रेल पु¥याउन सकिँदैन भन्थे, तर चीनले त्यो पनि सम्भव गरेर देखाइदिएको छ । धुर्मुस–सुन्तली फाउन्डेसनले यस्ता नमुना बस्ती बनाउन थालेको यही नै पहिलो होइन ।

धुर्मुस–सुन्तलीले थोरैथोरै जमिन भएका स्थानीय विपन्न व्यक्तिको जमिनलाई ‘ल्यान्डपुलिङ’ विधिबाट उपयोग गरी सबैका निम्ति उस्तै किसिमका सुविधाजनक घर, घरका बीचमा खाली जमिन र आवश्यक अन्य पूर्वाधारसमेत तयार पारेको देखिएको छ । देशभरि बस्ती विकास गर्न यस्तो विधि अपनाउन सकिनेछ।

अठार पुराण लेखिसकेपछि व्यासले भनेका छन्– परोपकारः पुण्याय (पुण्य प्राप्त गर्न परोपकार गर्नुपर्छ) । सरकारहरू लोकप्रिय हुने र विपन्नको आशीर्वाद लिने हो भने धुर्मुस–सुन्तली पथलाई अपनाउनु उचित हुनेछ।

राष्ट्रिय सभाको ओज : कान्तिपुर 

मुलुक संघीय शासन प्रणालीमा प्रवेश गरेपछिको पहिलो राष्ट्रिय सभा निर्वाचन बुधबार सकिएको छ ।

संवैधानिक प्रावधानका कारण प्रतिनिधिसभाको निर्वाचन परिणाम घोषणा अड्किएकाले राष्ट्रिय सभा निर्वाचन बहुप्रतीक्षित बनेको थियो ।

राष्ट्रियसभालाई विज्ञ र परिपक्व व्यक्तिको बाहुल्य रहेको कानुन निर्माण र निर्णय गर्ने थलोका रूपमा लिने गरिन्छ ।

राजनीतिक दलहरूले चुनावी मैदानमा उतारेका पात्रहरू हेर्ने हो भने परिपक्व व्यक्तिभन्दा पनि राजनीतिक नेता तथा कार्यकर्ता हाबी देखिन्छन् ।

राष्ट्रिय सभा सदस्यको काम विधि निर्माणमा सूक्ष्म र गहन अध्ययन गरी सही कानुन निर्माण गर्नु हो ।

तर दलहरूले चुनावी मैदानमा खडा गरेका पात्रहरूका कारण राष्ट्रिय सभा प्रतिनिधिसभाकै छाया बन्ने त होइन भनी संशय गर्नुपर्ने अवस्था छ ।

बलात्कारविरुद्ध शून्य सहनशीलता : अन्नपुर्ण 

विगत केही दिनमा बलात्कारसम्बन्धी सञ्चारमाध्यममा प्रकाशित समाचार मानवीय चेतना र संवेदनालाई नराम्रोसँग घोच्ने खालका छन्।

बुधबारको यस दैनिकमा मात्र बलात्कारका बारेमा त्यस्तै केही समाचार प्रकाशित भएका छन्। भक्तपुरको कमलविनायकमा पाँच वर्षीया अबोध बालिकालाई बलात्कार गरेको आरोपमा १८ वर्षीय युवालाई प्रहरीले पक्रेको छ।

भक्तपुरकै चाँगुनारायणको इँटाभट्टामा काम गर्ने एक अधबैंसे महिला त्यहीं काम गर्ने पुरुषबाट बलात्कृत भइन्। त्यस्तै चाँगुनारायण नगरपालिकामै एक १६ वर्षीया किशोरी २० वर्षको किशोरबाट बलात्कृत भइन्। सूर्यविनायकस्थित एक घरमा दुई युवतीलाई दुई पुरुषले बलात्कार गरे।

यी प्रकाशमा आएका घटना हुन्। बाहिर नआएका अरू घटना पनि हुन सक्छन्। बलात्कृतलाई धम्क्याएर र फकाएर यस्ता घटना गुपचुप राख्ने प्रयत्न हुने गरेका केही उदाहरण समाचारमाध्यममै आएका छन्।

स्थानीय स्तरमा रोजगारी सिर्जना : कारोवार 

नेपालमा समग्र रोजगारी सिजर्नाको अवस्था निकै कमजोर छ ।

यहाँको श्रमबजारमा वार्षिक साढे ५ लाखको हाराहारीमा श्रमशक्ति थपिइँरहदा आन्तरिक रुपमा करिव ५० हजारले मात्र अल्पकालीन रोजगारी पाउने गरेको अनौपचारिक अध्ययनहरुले देखाएका छन् ।

एक दशक लामो माओवादी सशस्त्र विद्रोह र त्यसपछिको झन्डै एक दश अवधिसम्मै कामय रहेको राजनीतिक अस्थिरताले औधोगिक क्षेत्रको विस्तार हुनै सकेन ।

स्थापित भएका उधोगहरु पनि उर्जा अभावका कारण अल्प—क्षमता चल्न बाध्य भए ।

यसको परिणामस्वरुप उद्योगहरु कर्मचारी कामदार कटौती गर्न बाध्य भए ।

सुरक्षाप्रतिको संवेदनशीलता : नेपाल समाचारपत्र 

नेपालको आन्तरिक सुरक्षा प्रणालीमा सुधार आउन नसक्दा अन्तर्राष्ट्रिय माफियाहरूले नेपाललाई ट्रान्जिट प्वाइन्टको रूपमा प्रयोग गर्ने गरेका छन् । लामो समयदेखि लागूऔषधका माफियाहरूले नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गर्ने गरेका हुन् ।

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल भित्रुवन विमानस्थललाई ट्रान्जिट प्वाइन्टका रूपमा प्रयोग हुनुले विश्वमा नै नेपालको सुरक्षा अवस्था कस्तो छ भन्ने छर्लङ्ग पारेको छ ।

अपराधमा संलग्न अपराधीहरूले विश्वमा विकसित हुँदै गएको प्रविधिको प्रयोग गरेर आफ्नो धन्दालाई तीव्रता दिएका छन्, यता नेपालको सुरक्षा निकाय भने पुरानो प्रविधि र परम्परागतरूपमा प्रयोग गर्दै आएको सुरक्षा प्रणालीलाई प्रयोगमा ल्याइरहेको छ ।

त्यसैले पनि सुरक्षा निकायका उच्च अधिकारीको ध्यान यसतर्फ जान जरुरी छ । यस्तो संवेदनशील क्षेत्रमा हाम्रा भन्दा पनि राम्रा र इमानदार मान्छेलाई खटाउन सके पक्कै पनि नेपालको इज्जत माथि पुग्ने थियो । यसतर्फ सरोकारवाला निकायहरूको ध्यान आकृष्ट होस् ।

रेलका आशालाग्दा खबर : नयाँ पत्रिका 

गोलिक जटिलतासहित आरपारको दूरीका कारण रेल नै मुख्य विकल्प बन्ने ठानिएको अवस्थामा नेपालको रेल सपनाले मूर्तता पाउने सम्भावना देखिन थालेको छ

पछिल्लो समय नेपालमा विकासे बहसको एउटा विषय रेलले ओगट्न थालेको छ ।

यो केबल नेपालको पूर्वाधार विकास र आर्थिक वृद्धिको आधारका रूपमा यसरी बहसको केन्द्र भागमा आएको होइन । यससँग जोडिएर नेपालको सार्वभौम सत्ता र स्वतन्त्रताको अभ्यासका आकांक्षा पनि आएका छन् ।

भारतले नेपाललाई ह्याकुलाले मिचेर आफ्ना सोचअनुसार चलाउँछु भन्दै नाकाबन्दी लगाउनु र चीनको ‘एक पाटो एक बाटो’ पहल र छिमेक नीतिका प्राथमिकतामा नेपाललाई पनि जोडेर योजना बन्नु सँगसँगै जस्तो भएकाले पनि यस्तो फरक ढंगले रेललाई बुझ्न थालिएको हो ।

अहिले त यस्तो भएको छ, नेपालको दक्षिणी छिमेक पनि नेपाललाई रेलसँग जोड्ने योजना बनाउन तल्लीन छ ।

ऊ काठमाडौंसँग सीधा सम्पर्क विस्तार गर्न र नेपाल–भारत कनेक्टिभिटी सञ्जाललाई विस्तार गर्न चाहन्छ । उसलाई आर्थिक स्वार्थभन्दा रणनीतिक स्वार्थले यो काममा प्रेरित गरिरहेको छ ।

यही क्रममा जयनगर–जनकपुर–बर्दिवास रेलवे लाइन बिछ्याउने काम छिटोछिटो भइरहेको छ । यसको एउटा खण्डमा आगामी डिसेम्बरसम्ममा रेल चल्न सक्ने अनुमान गरिएको छ ।

बर्दिवासदेखि पश्चिमतिर पूर्वपश्चिम राजमार्गको समानान्तर रेलमार्ग बनाउने काम पनि आरम्भ भएको छ, यद्यपि यो धेरै प्राथमिकतामा परेको जस्तो देखिएको छैन । यता चीनको योजना पनि नेपालको सिमाना केरुङसम्म आगामी तीन वर्षमा रेल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + fifteen =