बाढीपीडितले एक महिनासम्म दैनिक भत्ता पाउने

भाद्र २, काठमाडौँ । सरकारले बाढीपीडितहरुलाई एक महिनासम्म प्रतिदिन ७० रुपैयाँका दरले राहत दिने घोषणा गरेको छ । गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री जनार्दन शर्माले पीडितलाई दैनिक ७० रूपैयाका दरले रकम दिइने जानकारी दिए । भोलिदेखि पीडितले एकमहिना सम्म नगद सहयोग पाउने छन् ।

गृहमन्त्री शर्माले भने, ‘पीडितले अब खान नपाउने र कुहिएको खाद्यान्य खानुपर्ने अवस्था आउने छैन ।’

उनले पीडितको सङ्ख्या अनुसार दैनिक ७० का दरले एक महिनाका लागि एकमुष्ट रकम वितरण गरिने भन्दै त्यसैबाट किनेर खान गृहमन्त्रीले पीडितलाई आग्रह समेत गरे ।

पसलहरु नभएको स्थानमा खाद्या संस्थाले बिक्री कक्ष राख्ने गृहमन्त्रीले बताए । भने, बाढीबाट अहिलेसम्म १३५ जनाको मृत्यु भएको ३० जना वेपत्ता भएको र ४० जना घाइते भएको गृहमन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 19 =