मेघराज केसीलार्इ नेपाली यू-२३ टोलीको प्रशिक्षणको जिम्मा

काठमाडौँ  – एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरण खेल्न युएई जाने नेपाली यू-२३ टोलीको प्रशिक्षणको जिम्मा मेघराज केसीले पाएका छन् । राष्ट्रिय टोलीको सहायक प्रशिक्षक रहिसकेका केसी हाल थ्री स्टार क्लबका प्रशिक्षक हुन् । यू-२३ टोलीमा केसीलाई धनुषा जिल्लाका प्रशिक्षक प्रकाश अर्यालले सहायक प्रशिक्षकको रुपमा सहयोग गर्नेछन् ।

पछिल्लो पटक त्रिभुवन आर्मी क्लबले राष्ट्रिय लिगमा दोश्रो स्थान हात पार्दा मेघराज मुख्य प्रशिक्षक थिए । त्यसपछि थ्रीस्टार क्लब आइपुगेका केसीले एएफसी कपको छनोटमा थ्री स्टारलाई दोश्रो चरणमा पुर्याएका थिए । तर, एन्फाको लापरवाहीले थ्री स्टारले दोश्रो चरणको खेल खेल्न नपाएसँगै थ्री स्टारले कुनैपनि घरेलु प्रतियोगितामा सहभागिता जनाएको छैन् ।

सन् २०११/ १२ ताका ग्राहम रोबर्ट्स नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहँदा मेघराज केसी टोलीको सहायक प्रशिक्षकका रुपमा कार्यरत थिए । हाल जेएफएको इन्स्ट्रकटर कोर्षका लागि जापान पुगेका केसी नेपाल फर्किएपछि टोलीको प्रशिक्षण सम्हाल्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =