वामगठबन्धनको दुई तिहाइ सपना मात्र

मङ्सिर १५, राजविराज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव मनिषकुमार सुमनले अगामी निर्वाचनमा वामगठबन्धनले दुई तिहाइ मत ल्याउन नसक्ने बताएका छन् ।

सप्तरी क्षेत्र नं २ को (ख) प्रदेशसभा सदस्यका उम्मेदवार समेत रहेका नेता सुमनले आज रासससँग कुरा गर्दै उनले वामगठबन्धनले सदयौंदेखि मधेसमा बसोबास गर्ने मधेसी जनतालाई हेप्ने र ठग्ने काम गरेकाले मङ्सिर २१ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभामा निर्वाचनमा मधेसी जनताले वामगठबन्धनलाई भोट नदिने जिकिर गरे ।

नेता सुमनले वामगठबन्धनका पार्टीहरू मधेसीको हक अधिकार विपरीत संविधान जारी गरेको र जारी भएको संविधान पनि संशोधन प्रक्रियामा विपक्षमा उभिएकाले उनीहरूलाई मधेसी जनताले भोट नहाल्ने र २ नं प्रदेशमा हरेक सिटमा मधेसी गठबन्धनको बहुमत आउने दाबी गरे ।

वामगठबन्धनले बहुदलीयलाई दबाएर एकदलीय शासन ल्याउन खोजेको आरोप लगाउँदै नेता सुमनले विभेद्कारी शक्ति परास्त नभएसम्म र मधेशमैत्री संविधान नबन्नेसम्म मधेसी जनताको आन्दोलन जारी रहने बताए ।

मधेसी जनताको चाहनाअनुसार नै राष्ट्रिय जनता पार्टी र सङ्घीय समाजवादी फोरम नेपालबीच तालमेल भई मधेसी गठबन्धन बनेको भन्दै मधेसी जनताले राजपा र फोरमलाई मतदान गरेर आफ्नो ताकत देखाउन पनि आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 8 =