हारेको जिन्दगी (आत्मकथा)

सानो गाउँ, एक गरिब परिवार, सो परिवार भित्र एउटा अबोध बालकको परिवेश, खुसीको लहर । सायद कसमा पो नहोला र परिवार एउटा जमिन्दार परिवारमा आश्रीत हुन्छ ।

                                                    नबु सत्याल

संयोग भन्नु पर्दछ, जमिन्दारको परिवारमा पनि एउटा नयाँ किरण झल्कन्छ त्यहाँ पनि एक नादान कन्याको जन्म हुन्छ । आफ्नो उमेर सँगै हुर्कीदै बढदै गरेका यी नादान कति बेला बाल्यकालको मायामा बाँधिन्छन थाहै हुँदैन । यस्तै परिवेश बाट अलग हुनुको पिडा, धर्ती परिवारमा जन्मेकी बालीका पढाइको सिलसिलामा विदेसिन्छीन, केही समय पछि परिवार समेत विदेसिन्छन । उमेर सगसगैं पढाई पुरा हुन्छ । परिवारमा विवाहको प्रस्ताव आउँदै जादै भइरहेको हुन्छ तर एक्लोको कति पो दिन चल्छ , वाल्यकालमा लाएको माया लाई विवश भई भुल्नै पर्दो रहेछ अनि वाधिन पर्दो रहेछ अर्कासँग नारीको जात लाई ।

समय क्रम वितिनै रहेको हुन्छ गरिबको चेपुवामा गुजारिरहेको जिन्दगीलाई मानौ उसको मायाको साथ हो या भगवानको कृपा छात्रवृद्घि हात पर्छ । त्यो पनि उसैको मायालु रहेको स्थानमा समय परिवर्तन सँगै एका एक जम्का भेट त्यो पनि सिरको सिउदो रगिएको अवस्थामा । अनि दुवै एक अर्का प्रति समाहित भई सिर्फ नयनमा बलिन्द्र धारा बगाउछन र भन्छन् यो कस्तो नियती हो भगवान्….

शून्यताको परिवेशले केही पल संन्नाटा छाउछ, मनै त हो नि आखिर चोखो माया कहिले कसले भुलेको छ र यहाँ यदि भुलिने भएत माया शब्दनै रहदैन थियो होला नि होइन र ?

यावत क्रमले दिन व्यतित हुँदै जान्छ भेटघाट क्रम निरन्तर चलिनै रहन्छ ।

एक दिन एउटा यस्तो परिस्थितिको सृजना हुन्छ केटीले हिम्मत गरेर श्रीमान्लाई यर्थात कुरा ओक्लन पुग्छे तर कसलाई मन पर्छ र यहाँ यस्तो कुरा………त्यस पछिका दिनमा केटीलाइृ नजरबन्द भित्र राखिन्छ ।

उता केटा लाई मुटु देखि अप्ठ्यरो महसुु हुन्छ उ दिन रात प्रतीक्षामै बस्छ उसलाई के थाहा उसको मायालु पिजडा भित्र कैद छ भनी….

एक दिन यस्तो कहालि लाग्दो दिनको सृजना हुन्छ
केटीले श्रीमानलाई पत्र कोर्छे
आदर्णीय …..
कति दिन सम्म तडपीएर छटपटिएर म यस धर्तीमा बाँच्न सक्छु र ….बाबु म पनि त यो संसारमा स्वतन्त्र भई बाँच्न चाहने प्राणी न हुँ एक नारी हुँ म मा पनि त कति आकक्षा चाहाना भावना होलान् किन मलाई पिजडाको सुगा बनाइएको छ यहाँ मैले बुझन सकिन …बाबु मेरो बुझाई त माया हो जो एक चिम्टी सिन्दूर ले रंगाउदैमा सात फेर घुम्दैमा बन्धनमा बाँच्नु पर्छ भन्ने त होइन नि हजुरको सान सौकत को आडमा मैले त केवल एउटा सम्झौता मात्र गरेकी हुँ जहाँ मलाई बाध्य बनाइएको थियो म त हिजो पनि हजुरकी थिइन आज पनि छैन र भोलि की पनि होइन

….बाबु सिर्फ एक पटक सिर्फ एक पटक कसैलाई चोखो मायाले सजाएर त हेर्नुहोस् अनि थाहा हुन्छ माया को अर्थ
तर हजुर जस्तोको लागी के थाहा माया यो त अति छोटो शब्द न हो जसलाई हजुर जस्ताहरुले केवल पैसामा मात्र खरिद गरी हिडनु हुन्छ ।

मलाई चाहिदैन हजुरको सान सौकत दौलत बैक ब्यालेन्स अनि गाडी बगंला । मैले त हजुरलाई त्यही दिन सुम्पेकी थिए जुन दिन मेरो बाबा आमाले हजुरलाई मेरो हात थमाएका थिए मैले त त्यही दिन देखि सुम्पेकी थिए । आफना लाजका गहना हजुर माझ तर चढाउन सकेकि थिइन मेरो पवित्र माया हजुरलाई जसको हकदार सिर्फ उही थियो र जसका लागि मैले साँचेकी थिए । हजुर त साह्रै अबुझ हुनुहुदो पो रहेछ…..बाबु जान अनजानमा म देखि केही विराम भएको रहेछ भने क्षमा गरी दिनुहोला मेरो जिन्दगीको सपना त केवल मेरो राज हो उ विना म कसरी खुसी रहन सक्छु र उसलाई पाउन हजुरको रोकावटले दिएन तर केही छैन यो जुनी मा नपाएर के भयो त …. अर्को जुनी को प्रतीक्षा सँगै अल बिदा ।

उता राज समयको साथमा निरश जीवन विताउदै बस्छ आज भोलि गर्दै समय ब्यतित हुँदै गइरहेको हुन्छ उसलाई यति पनि थाहा छैन उसको मायालु ले उसलाई पाउने आशामा आँखा चिम्ली सकेकि छ यसै क्रममा एक दिन……..

आफ्नो प्रेमिकाको पति देव कुनै नयाँ युवती सँग ……..उसले कल्पना पनि गर्न भ्याउदैन आखिर भयो के……..धेरै दिन को अन्तराल पछि आफ्नो इमेल खोल्छ अनि तहाँ म्यासेज आएको पाउछ हतार हतार खुसीको सीमा लाई बटुल्दै म्यासेज पुरा खोली पढन सुरु गर्छ……..

लेखिएको हुन्छ
राज संसार यस्तै रहेछ यहाँ माया पनि किन्नेहरुको भिड लाग्दो रहेछ तिमीलाई त लाग्यो होला मैले पनि माया बेचिदिए अनि सोच्यौ पनि होला तिम्रो नजरमा म धाखेवाज तर यर्थात त्यो थिएन राज म त हिजो पनि तिम्रै थिए आज पनि तिम्रै हुँ भोलि पनि तिम्रै म कसरी तिमी लाई सजाएको मुटु भित्र अरूलाई राख्न सक्थे र राज आखिर एक नारी न परे जसलाई मुटु माझ सजाए उही नै त मेरो संसार थियो नि राज मैले त शरीर सँग पो सम्झौता गरेकी थिई तिम्रो मुटु र माया सँग त होइननी थाहा छ राज तिम्रो नाम त मैले कसैले नदेख्ने ठाउँ भित्र पो लेखेर सजाई राखेकी थिएँ जो तिमी बाहेक कसैले चाहेर पनि पाउन सक्दैन थियो, हेर्न सक्दैन थियो मलाई थाहा छ राज तिमीलाई मेरो विश्वास लाग्दैन किन कि म धन दौलत भित्र रमाएकी न परे तर राज मेरो लागी तिम्रो माया सबै चिज थियो राज तिमी विश्वास गर या नगर तर आज तिमीनै मेरो जीवनमा छैनौ भने मेरो बाँच्नुको अर्थ के?
त्यसैले राज तिमी सँग अर्को जुनीमा भेटने बाचाका साथ बिदा लिदैछु……दुखी नबन ल ! तिमी लाई जानअन्जानमा केही भने गरेकी भए मलाई माफ गरिदिनु ल ।

थाहा छ राज तिमी माझ यो म्यासेज पुग्दा निकै ढिलो भई सकेको हुन्छ तर पनि तिमी सधैँ खुसी हुनु एउटा राम्रो परिवार बसाउनु जहाँ केवल माया नै माया मात्र रहोस् हस त राज

उही तिम्री अभागी प्रेमीका

म्यासेज पढदा पढदै राजका नयन आँसुले भिजि रहेका हुन्छन् जिन्दगीको यात्रा पनि यस्तै हो ठान्दा ठान्दै राजले पनि कति बेला आँखा चिम्लीन्छ थाहै हुँदैन बत्ती निभछ अनि अन्त तह यो मायाको जोडी यस दुनियाँ देखि सदाका लागी टाढा भई दिन्छन पुनर जन्मको चाहना सँगै……

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + thirteen =