सञ्चारराज्यमन्त्री विष्ट सवार गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते

काठमाडौं, भदौ २३ । सञ्चारराज्यमन्त्री तप्तबहादुर विष्ट सवार गाडीले राजधानीमा मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार बा १ झ ७१६३ नम्बरको गाडीले बा ४५ प ९२५० नम्बरको मोटरसाइकलाई ठक्कर दिएको हो ।

कोटेश्वरबाट आइरहेको मन्त्रीको गाडीले नयाँ बानेश्वर चोक कटेपछि मोटरसाइकललाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट मोटरसाइकलमा सवार सहदेव श्रेष्ठ र देवताकुमारी श्रेष्ठ घाइते भएका हुन् ।
घाइते दुवैको एभरेस्ट हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनापछि सर्वसाधारणले मन्त्रीको गाडी घेरेपछि प्रहरीले स्र्कटिङ गरेर सुरक्षित स्थानमा लगेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + fifteen =