मधेसी जनताको मतको दुरुपयोग रोक्न धनुषाबाट चुनाव लडेको हुँ : महतो

धनुषा, कात्तिक २१ । राजपा नेपालका अध्यक्षमन्डलका सदस्य राजेन्द्र महतोले विगतमाजस्तो मधेसी जनताको मतको दुरुपयोग रोक्न आफू धनुषा क्षेत्र नम्बर–३ बाट चुनाव लडेको बताएका छन् ।

मंगलबार धनुषामा सन्चारकर्मीसँग कुराकानी गर्दै उनले मधेसीको मत लिएर मधेसीकै अधिकार खोस्ने नेतामाथि प्रहार गर्नका लागि आफू यस क्षेत्रबाट चुनाव लडेको स्पस्ट पारे ।

नेता महतोले भने–‘मधेसको भोट लिएर मधेसीलाई नै समाप्त गर्ने नेताहरुले विगतमा यही क्षेत्रबाट प्रतिनिधित्व गरेका थिए, यसपटक त्यसलाई तोड्नका लागि म उम्मेदवार बनेको हुँ ।’

यसपटक मधेसी जनताले मधेसको स्वाभिमान, समान र हक–अधिकार स्थापनाका लागि आन्दोलन गर्ने राजपाको पक्षमा मतदान गर्ने बताउँदै उनले ‘लोकतान्त्रिक गठबन्धन बन्न नसक्नुमा कांग्रेसी नेताको दोष छ’–भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + one =