छापाखाना ब्यवसायीको ब्यस्तता


जेठ २१, नेपालगञ्ज । दोस्रो चरणको स्थानीय तहको चुनाव सुरु भए सँगै छापाखाना व्यवसायीहरुको व्यस्तता बढेको छ ।
चुनावको प्रचार प्रसारका लागि विभिन्न पार्टीका झन्डा, पप्लेट ब्यानरहरुको माग बढे सँगै यति बेला छापाखाना व्यवसायीहरुको व्यापार र ब्यस्तता ह्वात्तै बढेको हो ।
। यति बेला बजारका छापाखाना पसलहरु अगाडी विभिन्न पार्टी र रङहरुका चुनाव
नारा लिखित टी सर्ट, झन्डाले बजार नै रङी चङी भएको छ । प्रदेश नं. ५ मा छापाखानामा प्रिन्टीङ छपाईको काम भने पहिलो चरणको चुनाव बाटै सुरु भएको छापाखाना व्यवसायीहरु बताउँछन् । पहिलेको भन्दा अहिले चुनावी माहोलले व्यापार राम्रो भएको घरबारी टोलमा स्थित शिवम् छापाखानाका सञ्चालक चन्दे«स्वर राज त्रिपाठीले बताए ।
चुनावका लागि मैदानमा उत्रिएका उम्मेदवारले व्यत्तिगत रूपमै प्रचार प्रसारका सामग्रीहरुमा रकम खर्च गरिरहेको नेपाली काँग्रेसकी नेतृ माया पुनले बताइन् ।
अहिले दैनिक जसो कुनै न कुनै पार्टीको माग अनुसार टीसर्ट, झन्डा, पम्पलेट, बुकलेट, टोपी, मत पत्रको नमुनाको अर्डर आउने गरेको छापाखाना ब्यवसायीहरुको भनाई छ ।








