इटहरीमा राप्रपाका उम्मेदवार माथी हतियार प्रहार

सुनसरी, असार ७ । सुनसरीको इटहरीमा स्थानीय तहको निर्वाचनमा राप्रपाको तर्फबाट उम्मेद्वार बनेका दुईजना माथी आक्रमण भएको छ । राप्रपाका वडा अध्यक्ष पदका उम्मेद्वार श्याम पोखरेल र सदस्य पदका उम्मेद्वार खड्ग कुमार श्रेष्ठ माथी आक्रमण भएको हो ।

वडा नम्बर ९ का उम्मेदवार श्याम पोख्रेल माथि कालो पल्सरमा आएका ३ जनाले वडामा किन पोल बत्ती जडान गरिस ? किन उम्मेद्वारी दिइस ? भन्दै आक्रमण गरेका थिए ।

उनिहरुले प्रहार गरेको दाउवबाट पोखरेल र श्रेष्ठ सवार २० प ५९३५ नम्बरको मोटरसाइकलमा क्षती पुगेको छ। पोखरेलको उज्यालो वडा अभियान अन्तरगत राती बिजुलीको पोलमा बल्ब जाँच गर्ने क्रममा मरिक टोल पुगेर मोटरसाइकलमा फर्किरहेका बेला पोख्रेल र वडा सदस्यका उम्मेदवार खड्गप्रसाद श्रेष्ठमाथि बिराटनगर लाइनस्थित त्रिवेणी कलेज अगाडी आक्रमण भएको हो ।

आक्रमणमा श्याम पोखरेल सामान्य घाइते हुनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + seventeen =