आचारसंहिता लागू हुन्जेल आर्थिक सहायता नबाड्न आयोगको निर्देशन

काठमाडौं, माघ १८ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आचार संहिता लागू भएको अवधिसम्म आर्थिक सहायता रकम उलब्ध नगर्न नगराउन अर्थ र गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बुधबार बसेको आयोगको बैठकले यस्तो निर्देशन दिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । आयोगले आर्थिक सहायता वितरणको विवरण माग गर्न गृह मन्त्रालय र अर्थ मन्त्रालयलाई पटक–पटक पत्राचार गरिएपनि हालसम्म विवरण प्राप्त नभएकोमा असन्तुष्टि जनाएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले माघ १२ गतेबाट निर्वाचन आचारसंहिता लागू गरेको छ ।

यसैबीच, निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि तयारी पनि तिव्र बनाएको छ । आयोगले यसअघि राष्ट्रियसभा निर्वाचनका लागि २ प्रकारका मतपत्र बनाउने निर्णय गरिसकेको छ ।

राष्ट्रियसभा निर्वाचनका २ हजार ५६ निर्वाचकलाई मतदान प्रक्रिया बारे तालिम दिइरहेको पनि प्रवक्ता ढकालले बताउनुभयो । आयोगले एक मतदान केन्द्रमा ८ वटा मतपेटीका राख्ने जनाएको छ । निर्वाचनको लागि आवश्यक अन्य सामाग्री पनि मतदान केन्द्रमा लैजाने तयारी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 9 =