प्रेमी भेट्न ताइवानबाट धरान आएकी फाङ बिचल्लीमा : भयो यस्तो घटना

धरान, भदौ ८ ।  प्रेमी भेट्न धरान आएकी एक ताइवानी चेली बिचल्लीमा परेकी छन् । करिब चार लाख रुपैयाँ चोरी भएपछि ३० बर्षकी हु तिङ फाङ बिचल्लीमा परेकी हुन् ।

उनी धरान १८ स्थित मंगलबारे चोक बस्ने नितेश ह्युज लोहारको जन्मदिन मनाउन आएकी थिइन् । सरप्राइज गिफ्ट खरिद गर्न आइतबार दिउँसो बजार हिँडेकी उनी रकम चोरी भए पछि घर फर्किन सकेकी छैनन् ।

रमाइलो गरेर प्रमी नितेशको जन्मदिन मनाउने उनको धोको अधुरै रह्यो । आजको कान्तिपुरमा खबर छ । सामान किनेर घर फर्कने बेला आफू चढेको सफारीमै रकम चोरी भएपछि स्वदेश फर्कन समस्या भएको उनले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =