गहनामा मिसावट गरेको आरोपमा पोखराबाट पाँच सञ्चालक पक्राउ

पोखरा, २६ माघ । पोखराका केही नाम चलेका सुनचाँदी पसलहरुले गहनामा मिसावट गरी विक्री गर्दै आएको आरोपमा पक्राउ परेका छन् । आज पोखराका ५ वटा सुनचाँदी पसलका सञ्चालक पक्राउ परेका हुन् ।

आपुर्ति ब्यवस्थापन तथा उपभोक्ता संरक्षण बिभाग काठमाडौंले पोखरा लेखनाथ महानगरपालिका स्थित सुनचादी पसलहरुको अनुगमनको क्रममा सुनका गरगहनामा मिसाबट गरी बिक्रि वितरण गरेको पाइएको हो ।

गरगहनामा मिसावट अभियोगमा पक्राउ पर्नेहरुमा दि युनाईडेट ज्वेलर्स प्रा.लि.का सञ्चालक महेन्द्रमान गुभाजु, गोर्खा वराह एण्ड ज्वेलर्सका हरिकुमार धमला, सिर्जनाचोकमा रहको अर्जुन पुम्दीभुम्दी सुनचाँदी पसलका अर्जुनवहादुर विक, सिर्जनाचोकको सन्तोष सुनचाँदी पसलका सन्तोष विक र रामवजारमा रहेको दलवहादुर एण्ड सुनचाँदी पसलका महेश सुनार छन् ।

उनीहरुलाई कालो बजारी तथा सार्बजनिक अपराध सजाय ऐन २०३२ बमोजिमे म्याद थप गरी कानुन बमोजिमको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक खड्कवहादुर खत्रीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + four =