काठमाडौं ८ मा एमालेका जीवनराम श्रेष्ठ निर्वाचित

काठमाडौं, मंसिर २३ । काठमाडौं क्षेत्र नम्बर ८ बाट नेकपा एमालेका नेता जीवनराम श्रेष्ठ सांसद निर्वाचित भएका छन् । शनिबार बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणम अनुसार श्रेष्ठले नेपाली कांग्रेसका उम्मेदवार नविन्द्रराज जोशीलाई पराजित गरेका हुन् ।

जीवनराम श्रेष्ठले १३ हजार ३९७ मत पाएका छन् भने नविन्द्रराज जोशीले १२ हजार ९५३ मत पाएका छन् । यस क्षेत्रबाट विवेकशील साझा पार्टीका पुकार बलमे ४ हजार ४१४ मत ल्याएका छन् । यसअघि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा जोशीले श्रेष्ठलाई यही क्षेत्रबाट पराजित गरेका थिए । श्रेष्ठ नेपाल अोलम्पिक कमिटीका अध्यक्षसमेत हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 1 =