सांसद झपटबहादुर रावलद्धारा ह्विलचियर वितरण
२०७४ जेठ १५ गते

बिष्णु जोशी
धनगढी, माघ ७ । कैलाली क्षेत्र नम्बर २ का सांसद झपटबहादुर रावलले अपाङ्गता भएका चार जनालाई ह्विलचियर वितरण गरेका छन् । बदैगोरिया गाउँपालिकामा आयोजित एक कार्यक्रममा सांसद रावलले चार जनालाई ह्विलचियर प्रदान गरेका हुन ।
उनले प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा भेटिएका अपाङ्गता भएका व्यक्तिहरूलाई ह्विलचियर प्रदान गरेको बताउनुभयो ।
सो अवसरमा लम्कीचुहा नगरपालिका–२ का आसुतोष चौधरी, ३ का पदम आउजी, जानकी गाउँपालिका–३ का गुल्फी चौधरी र बर्दगोरिया गाउँपालिकाका दिलबहादुर ओलीलाई एक– एक थान व्हीलचियर प्रदान गरिएको छ ।
सांसद रावलले आफ्नै लगानीबाट ती सामग्री खरिद गरिएको बताएका छ्न ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








