यू २१ युरोकप : पोर्चुगललाई ३–१ ले हराउँदै स्पेन सेमिफाइनलमा

पोल्याण्ड (एजेन्सी) –स्पेन लगातार दोस्रो जित निकाल्दै पोल्याण्डमा जारी यू २१ युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । समूह चरणको खेलमा पोर्चुगललाई ३–१ ले हराउँदै स्पेनले लगातार दोस्रो सफलता हासिल गरेको हो । यो जितपछि टोलीले अन्तिम चारको यात्रा तय गरेको छ । पोर्चुगल १ जीत र १ हार सहित दोस्रो स्थानमा छ ।

Spain

एट्लेटिको म्याड्रिडका स्ट्राइकर साउल निग्वेजले २१ औं मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । भने, दोस्रो हाफमा बार्सिलोनाका पूर्व स्ट्राइकर स्यान्ड्रो रामिरेजले गोल गर्दै स्पेनको अग्रता दोब्बर पारेका थिए । पोर्चुगलका लागि ब्रुमाले ७७ औं मिनेटमा गोल गर्दै खेलमा फर्किने प्रयास गरेपनि त्यसपछि गोल थप्न सकेन  ।

एथलेटिक बिल्बावोका फरवार्ड इनाकी विलियम्सले इन्जुरी समयमा गोल थप्दै स्पेनको गोल अन्तरलाई बढाए । प्रतियोगिता अन्तर्गत समूह ‘बी’ मा सर्बिया र म्यासेडोनिया २–२ को बराबरीको बराबरी खेले । यसअघि स्पेनले म्यासेडोनियालाई ५–० र पोर्चुगलले सर्बियालाई २–० ले हराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + thirteen =