अवरुद्ध नारायणगढ–मुग्लिन सडक ९ घण्टापछि सञ्चालनमा

किशोर खनाल, भरतपुर । नारायणगढ–मुग्लिन सडक ९ घण्टापछि सञ्चालनमा आएको छ । सोमबार बिहान ३ बजे नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोलामा झरेको पहिरोका कारण यातायात सेवा अवरुद्ध भएको थियो । ९ घण्टाको अथक प्रयासपछि नारायणगढ मुग्लिन सडक सञ्चालनमा आएको चितवन जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए । नारायणगढ मुग्लिन सडक बिहान ११: ५० बजेबाट सुचारु भएको ट्राफिक प्रमुख पन्तले जानकारी दिए ।

ट्राफिक चाप अत्यधिक रहेकोले संयमित भई सवारी चलाउन अनुरोध गरिएको छ । कसैले कसैलाई ओभरटेक नगरी नारायणगढ मुग्लिन सडक खण्डमा यात्रा गर्न पनि अनुरोध गरिएको छ । कालिखोलाको पहिरो पन्छाउन नारायणगढ मुग्लिन सडक आयोजनकै डोजरहरूले बिहानैबाट काम गरिरहेका थिए । नारायणगढ मुग्लिन सडक निर्माणका लागि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म दैनिक रुपमा ६ घण्टा सडक बन्द हुँदै आएको छ । कालिखोला पहिरोको जोखिम क्षेत्र मानिन्छ । सुख्खायाममा समेत पहिरो खस्ने यो स्थानमा बर्षादको बेलामा अझै बढी पहिरोको डर हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − two =