नेपाली चलचित्र ‘संरक्षण’को टिम सुनसरीको धरानमा

भरतराज शर्मा (गोपाल), धरान । श्रावन २७ गते शुक्रवारदेखि रिलिज हुन लागेको चलचित्र ‘संरक्षण’को टिम देश दौडाहाका क्रममा सुनसरीको धरान आईपुगेका छन् । धरान जन्मघर भएकी नायिका मलिना जोशी र अशिष्मा नकर्मीको साथमा निर्देशक पुर्णेन्दु झा, निर्माता नरेन्द्र महर्जन देश दौडाहामा निस्किएका हुन् । पूर्वदेखि पश्चिम नेपालका मुख्य मुख्य सहरमा पत्रकार भेटघाट गर्ने निर्माणपक्षले जनाएको छ ।

यसै क्रममा धरानमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा निर्देशक झाले जनआन्दोलन पछिको देशको सामाजिक, राजनीतिक अवस्थाको पृष्ठभूमिमा आधारित राजनीतिक विषय चलचित्रमा उठान गरिएको बताउनुभयो ।पहाडी, मधेसी, थारु समुदाय बिचको व्यवहारीक र मनोवैज्ञानिक द्धन्द्धलाई चलचित्रमा चित्रण गरिएको छ । चलचित्रमा पाँच पी अर्थात् पुलिस, प्रेस, पावर, पब्लिक र पोलिटिक्सलाई देखाइएको छ ।’
चलचित्रमा निखिल उप्रेती, सौगात मल्ल, रमेश रञ्जन झा, मलिना जोशी, अशिष्मा नकर्मी, प्रमोद अग्रहरि, शुसान्त श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । प्रदिपकुमार उदय, श्वेता शाह, नन्दु श्रीवास्तव र नरेन्द्र महर्जनले करिब डेढ करोडको लागतमा निर्माण गरेको चलचित्रमा ३ वटा गीत समावेश गरिएको छ भने चलचित्र २ घण्टा १० मिनेटको रहेको छ ।








