मन्त्रालयका सहसचिवमाथि बोत्तल प्रहार

असाेज ३०, काठमाडाैं । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती) का महासचिव प्रभाषकुमार शाहले सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव बलराम रिजाललाई दुव्र्यवहार गर्दै पानीको बोतल प्रहार गरेका छन् । कर्मचारी सरुवामा असन्तुष्ट केही पक्षले सहसचिव रिजाललाई बारम्बार धम्क्याउने र दुव्र्यवहार गर्ने क्रम बढेपछि उनले सामान्यबाट अन्यत्र सरुवा मागेका छन् । उक्त सङ्गठन माओवादी केन्द्रनिकट कर्मचारी सङ्गठन हो ।


सरुवासम्बन्धमा विवाद भएपछि गत शुक्रवार महासचिव शाहले सहसचिव रिजालमाथि दुव्र्यवहार गरेका हुन् । सामान्यका अनुसार केही कर्मचारीको सरुवाबारे छलफल गर्न गएका शाहले सरुवामा मनपरी गरेको भन्दै सहसचिव रिजाललाई सुरुमा धम्क्याउँदै कार्यकक्षमा राखिएको पानीको बोतलले आक्रमण गर्न खोजेका थिए । तर, सँगै रहेका अन्य कर्मचारीले उनलाई रोकेका थिए ।

राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष हरि रावलले भने सहसचिव रिजाल र शाहबीच सामान्य असमझदारी मात्रै भएको र विवाद समाधान भइसकेको दाबी गरे । ‘दुव्र्यवहारभन्दा पनि दुई पक्षबीच केही विवाद भएको हो, अब मिलिसकेको छ’, अध्यक्ष रावलले भने । यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 11 =