‘विगतमा नेपाल–भारतबीच भएका सम्झौताहरुको कार्यान्वयनमा जोड दिनुपर्छ’

काठमाडौं, भदौ ६ । परराष्ट्रविद्हरुले प्रधानमन्त्री शेरबहादुर देउवाको बुधबार (भोलि)देखि सुरु हुने भारत भ्रमण दुई देशबीचको समझदारी र विश्वास कायम गर्नमा केन्द्रित हुनुपर्ने धारणा राखेका छन् ।

मंगलबार राजधानीमा भएको साक्षात्कारमा उनीहरुले असमझदारी र अविश्वासकै कारण दुई देशबीच समय–समयमा समस्या उत्पन्न हुने गरेको भन्दै विश्वासको वातावरण बनाउन जोड दिनुपर्ने बताएका हुन् ।

भारतका लागि पूर्वराजदूत भेषवहादुर थापाले दुई देशबीच देखिने समस्या समाधानका लागि शीर्ष राजनीतिक नेतृत्व तहमा समझदारी हुनुपर्ने बताए ।

यस्तै, अर्का पूर्वराजदूत दुर्गेशमान सिंहले नयाँ सम्झौता गर्नेभन्दा पनि विगतमा दुई देशबीच भएका सम्झौताहरुको कार्यान्वयन पक्षमा जोड दिनुपर्ने धारणा राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *