नयाँ संरचनाअनुसार तीन तहमा जनतालाई सहुलियत दिइने – अध्यक्ष ओली

मङ्सिर,९ काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि मुलुकमा वाम गठबन्धनको सरकार निर्माण हुने र विकास, समृद्धिको मार्गमा देश अघि बढ्ने बताएका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र को झापा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज बागबजारमा आयोजित वामगठबन्धनको संयुक्त चुनावी अभियानमा अध्यक्ष ओलीले अव नयाँ संरचनाअनुसार तीन तहमा जनतालाई सहुलियत, सुविधा उपलब्ध गराउने बताए ।

उद्योग धन्दा धरासायी भएकाले बेरोजगारी समस्या भएको र युवा जनशक्ति विदेशिन बाध्य रहेको अवस्थामा देशमा विभिन्न उद्योग स्थापना गरी रोजगार सिर्जना गर्नुपर्नेमा जोड दिँदै उहाँले लोकतन्त्रका माध्यमबाट सबै नेपालीको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्नुपर्ने विचार व्यक्त गरे।


नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले वाम गठबन्धन कसैका विरुद्ध नभएर सरकारको स्थायित्व र मुलुकको आर्थिक समृद्धिका लागि भएको बताउँदै सो गठबन्धनसँग देश विकासका लागि विभिन्न स्वरूपअनुसार कार्यक्रम रहेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + two =