मुलुकमा लोकतन्त्र र लुटतन्त्रबीच प्रतिष्पर्धा चलिरहेको एमाले अध्यक्ष ओलीको भनाई

काठमाडौं, कात्तिक २५ । नेकपा एमाले अध्यक्ष केपी ओलीले मुलुकमा लोकतन्त्र र लुटतन्त्रबीच प्रतिष्पर्धा चलिरहेको बताउनुभएको छ ।
झापा क्षेत्र नम्बर १ को धुलाबारीमा सनिबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसलाई लुटतन्त्रवादी को संज्ञा दिदै आगामी चुनाव लोकतन्त्र र लुटतन्त्रबीचको प्रतिष्पर्धा भएको बताउनुभएको हो ।
वामपन्थीहरुकाबीच लोकतान्त्रिक गठबन्धन हुनै नसक्ने भन्दै उहाँले वामगठबन्धन नै असली लोकतान्त्रिकवादी भएको दाबी समेत गर्नुभयो । केपी ओली , अध्यक्ष नेकपा एमाले एमालेको घोषणा पत्र सर्वोत्कृष्ठ भएको भन्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसका संस्थापक नेता विपि कोइराला भएका भए तीनले पनि प्रसम्सा गर्ने दाबी गर्नुभयो । केपी ओली , अध्यक्ष नेकपा एमाले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रचार प्रसार अभियानका क्रममा अध्यक्ष ओली झापा पुग्नुभएको हो । बामगठबन्धनले औपचारिक रुपमा आगामी २९ गते देखि गोर्खाबाट चुनावी सभा थाल्ने बताएको छ ।








