संघीय लिम्बुवानले किन हालेन राष्ट्रिय सभामा भोट ?

काठमाडौं, माघ २४ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ६ वटै प्रदेशमा मतदान जारी छ । मतदाताहरु राष्ट्रिय सभा सदस्य छान्न मतदान गरिरहेका छन् । तर, प्रदेश नं १ बाट मतदाता रहेकी संघीय लिम्बुवान राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाम्फे भने भोट हाल्न गएकी छैनन् ।

प्रदेश १ मा एकजना मात्रै समानुपातिक सांसद भएको संघीय लिम्बुवान मञ्चले कसैलाई पनि भोट नगर्ने निर्णय गरेकाले वाम र लोकतान्त्रिक कतै पनि भोट नगर्ने तुम्बाहाम्फेले बताईन् ।

मञ्चका अध्यक्ष कुमार लिङ्देनले आफ्नो पार्टीले तीन कारणले भोट नहाल्ने बताए । पुँजीवाद र साम्यवादवीचको संघीय सहअस्तित्ववाद आफ्नो सिद्धान्त भएकाले सैद्धान्तिकरुपमा वाम र लोकतान्त्रिक कुनै पनि पार्टीमा भोट नहाल्ने उनले बताए ।

कुनै पार्टीले भोट माग्न आधिकारिक छलफल नगरेकाले पनि भोट नहालिएको लिङ्देनले बताए । राष्ट्रिय सभा चुनावमा भाग लिएका दलहरुले लिम्बुवानको एजेन्डामा प्रष्ट मत नदिएकाले पनि भोटमा भाग लिने जाँगर नचलेको लिङ्देनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =