ठुला व्यवसायीले अायकर नतिरेकाे भन्दै राजस्व विभागद्वारा सूचना प्रकाशित
२०७४ जेठ १५ गते

कार्तिक २९, काठमाडौँ । आन्तरिक राजस्व विभागले अायकर नतिरेकाे भन्दै सूचना प्रकाशित गरेकाे छ । विभागले सञ्जय गोल्छा, सुधिर बस्नेत, अजय मुडभरी, सुमन सुवेदी, दीपमणि राजभण्डारी, सञ्जिवराज राजभण्डारी लगायत २७ जनाले ठुलो परिमाणमा आयकर नतिरेको भन्दै १५ दिनभित्र कर दाखिला गर्न सार्वजनिक सूचना प्रकाशित गरेको हाे ।

लामो समयदेखि आयकर तिर्न ताकेता गर्दै आएको भए पनि अटेर गरेको भन्दै विभागले आज एक सूचना प्रकाशित गरेकाे हाे । करदाता कार्यालयमा कर दाखिला नगरेको पाइएकाले सार्वजनिक सूचना नै प्रकाशित गर्नुपर्ने अवस्था आइलागेको विभागले जनाएकाे छ ।
उनीहरूलाई १५ दिनभित्र कर नतिरे कानुन अनुसार कारबाही गर्ने चेतावनी समेत विभागले दिएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








