दक्षिण अफ्रिका र सेनेगलबीच खेल फेरि हुने, रेफ्रीमाथि आजीवन प्रतिबन्ध

काठमाडौं, भदौ २२ । दक्षिण अफ्रिका र सेनेगलबीचको विश्वकप फुटबल छनोट खेल फेरि हुने भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले दक्षिण अफ्रिका र सेनेगलबीचको छनोट खेलका रेफ्रीमाथि आजीवन प्रतिबन्ध समेत लगाएको छ ।

रेफ्रीले गलत निर्णय गरेको भन्दै यी दुई देशबीचको खेल फेरि हुने भएको हो । खेल प्रभावित पारेको आरोपमा फिफाले घानाका रेफ्री जोसेफ लाम्पटीमाथि आजीवन प्रतिबन्ध लगाएको हो । गत नोभेम्बरमा भएको खेलमा रेफ्री लाम्पटीले दक्षिण अफ्रिकालाई नियतवश पेनाल्टी दिएका थिए ।

यही पेनाल्टीको मद्दतले दक्षिण अफ्रिका २–१ ले विजयी भएको थियो । दिनु नपर्ने पेनाल्टी दिएको भन्दै फिफाले लाम्पटीमाथि प्रतिबन्ध लगाएको हो । अफ्रिकी क्षेत्रको छनोटअन्तर्गत समूह ‘डी’ मा रहेका सेनेगल र दक्षिण अफ्रिका अहिले तेस्रो र चौथो स्थानमा छन् ।

बुर्किना फासो पहिलो र केप वेर्डे आइल्याण्ड दोस्रो स्थानमा छ । समूहको शीर्ष स्थानमा रहने टिम मात्रै रुस विश्वकपका लागि छनोट हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 10 =