भारतीय मिडियाले मनिसा माथि लगायो यस्तो आरोप

“
भाद्र ४, काठमाण्डौं । मनिसा कोइरालाको जन्मदिन पारेर भारतीय मिडियाले दुस्प्रचार गर्ने प्रयास गरेको छ । भारतीय अनलाइन दैनिक भास्करले मनिसा कोइरालाको फिल्मी करियर तल झर्नुमा ड्रग्स प्रमुख कारण भएको आरोप लगाएको छ । उक्त मिडीयाले मनिसाको बारेमा यस्तो लेखेको छ ।
भारतीय चलचित्रमा एक समयकी चर्चित नायिका मनिषा कोइराला जो नेपालका पूर्व प्रधानमन्त्री रहेका स्वर्गिय विश्वेश्वर प्रसाद कोइरालाकी नातिनि हुन् । सन् १९७० मा नेपालमा जन्मिएकी मनिषा ४७ वर्षमा टेकेकी छिन् । बलिउडमा उनले चलचित्र ‘सौदागर’बाट डेव्यु गरेकी थिइन् । उक्त चलचित्रमा मनिषाले दिलीप कुमार र राज कुमार जस्ता चर्चित कलाकारसँग काम गरेकी थिइन् । मनिषा अभिनित पहिलो चलचित्र हिट भएपछि उनको चर्चा बलिउडमा हुन थाल्यो ।
मनिषाले ‘धनवान’, ‘बम्बे’, ‘अकेले हम अकेले तुम’, ‘मन’, ‘लज्जा’ लगायतका कयौँ सुपरहिट चलचित्रमा काम गरिसकेकी छिन् । चलचित्रमा काम गर्दा गर्दै केही समय पछि उनलाई क्यान्सर भएको खुलासा भएको थियो । क्यान्सर जस्तो रोगलाई निको पारेर मनिषाले यही वर्ष ‘डियर माया’ नामक चलचित्रमा काम गरेकी थिइन् । कमब्याक चलचित्रको रूपमा हेरिएको डियर मायामा मनिषाको कामले प्रशंसा पाएको थियो । तर, राम्रो समीक्षा पाएको ‘डियर माया’ ले ब्यापार भने राम्रो गर्ने सकेन् ।
भारतीय मिडिया अनुसार कयौँ सुपरहिट चलचित्रमा काम गरेकी मनिषाको करियर ड्रग्स सेवनले बिग्रिएको बताइएको छ । पहिलो चलचित्रबाट नाम र दाम कमाएकी मनिषाले आफ्नो स्टारडमलाई पछिल्लो चलचित्रमा देखाउन नसकेपछि उनी तनावमा थिइन् । तनावको कारण नै ड्र्ग्स सुरु गरेको भारतीय मिडियाले लेखेको छ । ड्रग्सको कारण चलचित्र कम पाउन थाले पछि उनको स्वास्थ्य पनि बिग्रिएको जनाइएको छ ।
करियर डाउन भएसँगै उनले केही समय अघि नेपालका एक व्यवसायीसँग लगन गाँठो कसेकी थिइन् । तर, उक्त विवाह दुई वर्ष सम्ममात्र रह्यो । डिभोर्स भएसँगै उनले बढी मात्रामा मध्यपान र ड्रग्सको सेवन गरेको बलिउड भास्करले लेखेको छ । यसै कारण पनि उनलाई केही राम्रो प्रोजेक्टबाट निकालि दिएको जनाएको छ । सन् २०१२ मा डिभोर्स दिएकी मनिषालाई सोही वर्ष क्यान्सर भएको थाहा भएको थियो । क्यान्सर उपचारको लागी उनले चार वर्ष लगाएकी थिइन् ।
भारतीय पत्रिका दैनिक भाष्करबाट
“








