मन्त्रीको डेरामै करोड खर्च: क्वार्टरमा अटेनन् मन्त्री
२०७४ जेठ १५ गते

काठमाडौं, कार्तिक १। शेरबहादुर देउवा नेतृत्वको जम्बो सरकारका केही मन्त्री तथा राज्यमन्त्रीको डेरा व्यवस्थापनमै एक करोड खर्च भएको छ ।
पछिल्लो विस्तारअघिका ५४ मध्ये आठ जना मन्त्री र २६ जना राज्यमन्त्रीलाई पुल्चोकस्थित मन्त्री क्वार्टरमा ठाउँ अभाव भएपछि सरकारले बाहिरै व्यवस्थापन गरी भाडामा राखेको छ ।
एक साता अघि मात्रै थप भएका राप्रपाका आठ मन्त्रीलाई पनि प्रतिमन्त्री डेरा खर्च भन्दै दुई लाख रुपैयाँ दिइने तयारी गरिएको छ ।
३४ जना मन्त्रीलाई घर भाडामा राख्न सुरुमै भाडा व्यवस्थापनका लागि झन्डै एक करोड रुपैयाँ खर्च भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








