एमाले ‘गफ चूटेर’ जनता भ्रमित पार्ने पार्टी: डा. शेखर कोईराला
२०७४ जेठ १५ गते


जेठ १४, काठमाडौं । लोकतन्त्र, संघियता र गणतन्त्र समाप्त पार्न नेकपा एमाले कम्मर कसेर लागेको नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले बताएका छन् ।
नेपाली काँग्रेस स्वर्गद्धारी नगर समितिले प्यूठानको भिंग्रीमा आयोजना गरेको चूनावी सभालाई सम्बोधन गर्दै उनले जातिय सदभाव विथोलेर एमालेले देशलाई बिखन्डनमा लैजान लागेको बताउँदै एमालेको भूल–भूलैयामा नलाग्न जनतालाई आग्रह गरे । डा. कोईरालाले एमाले ‘गफ चूटेर’ जनता भ्रमित पार्ने पार्टी भएको जिकिर गरे ।
कार्यक्रममा नेपाली काँग्रेस प्यूठानका सभापती अमर भन्डारी, पूर्वसभापतीहरू दिवाकर गौतम, सुवास केसी लगायतले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा एमाले,राष्ट्रिय जनमोर्चा, नेकपा माओबादी र माओबादी केन्द्र परित्याग गरी १७५ जना काँग्रेसमा प्रवेश गरेका थिए ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








