मन्त्रीपरिषद् बैठक बस्दै

काठमाडौं, असोज २७ । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । बिहान १० बजेपछि बस्ने बैठकमा पूर्वनिर्धारित प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका बारेमा छलफल हुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द परियारले नियमित बिषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको जानकारी दिनुभयो ।

कानूनमन्त्री यज्ञबहादुर थापाले आगामी चुनाव सार्ने बारेमा कुनै छलफल नभएको र आजको मन्त्रिपरिषद् बैठकबाट त्यस्तो प्रकारको निर्णय नहुने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + fourteen =